खाद्य सामग्री लिएर घरघरै पुगे गगन थापा, सहायता वितरण

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद गगन थापाले लकडाउनका कारण समस्यामा परेका अति विपन्न परिवार र मजदुरहरूलाई राहत वितरण गरेका छन् ।

कांग्रेसका युवा नेता थापाले शुक्रबार गाडीमा खाद्य सामग्रीहरूको पोका बनाएर राहत वितरण गरेका हुन् । उनले दैनिक मजदुरी गरेर गुजारा गर्दै आएका व्यक्तिहरूलाई राहत वितरण गरेका छन् ।

काठमाडौं महानगरपालिकाको वडा नम्बर ३० बाट कांग्रेसका युवा नेता थापाले राहत वितरण प्रारम्भ गरेका छन् । उनले लकडाउनबाट समस्यामा परेका सर्वसाधारणलाई सहायता वितरण गर्ने जनाएका छन् ।

उनले भनेका छन्, ‘यो बेला अप्ठ्यारोमा नपर्ने को नै होला र ? छाक टार्न सकिरहेकोले पनि राहत लिन हात थाप्ने हो भने जसको चुलो निभेको छ उनीहरूप्रति अन्याय हुन्छ ।’

‘त्यसैले यो विपत्तिमा दिन सक्नेले दिएर मद्दत गरौँ, लिन नपर्नेले नलिएर मद्दत गरौँ’, नेपाली कांग्रेसका नेता थापाले बताएका छन् ।

नेता थापाले अति विपन्न र समस्यामा रहेकाले मात्रै राहत लिनुपर्ने बताएका छन् ।

Published : Friday, 2020 April 3, 8:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया