कांग्रेस सांसद भँडेलद्वारा चागुनारायणमा पीपीई हस्तान्तरण

भक्तपुर । नेपाली कांग्रेसका बागमती प्रदेशका सांसद एवम् नेता कृष्णलाल भँडेलले भक्तपुरको चागुनारायण नगरपालिकालाई स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षामा लगाइने उपकरण ‘पीपीई’ सेट हस्तान्तरण गरेका छन् ।

भक्तपुर क्षेत्र नम्बर १ ‘क’का प्रदेश सांसद भँडेलले चागुनारायण नगरपालिकाका शिक्षा प्रमुख वीरबहादुर खड्का र स्वस्थ्य प्रमुख सत्यनारायण सुवाललाई पीपीई सेट हस्तान्तरण गरेका हुन् ।

पीपीई हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षत्रीय सभापति जीवन खत्री, नेपाली कांग्रेस भक्तपुर माधिवेशन प्रतिनिधि राजाराम खड्का, चागुनारायण नगर सभापति शिवहरि केसी, नेपाली कांग्रेस भक्तपुरका युवा नेता यादवप्रसाद अधिकारी, चागुनारायण नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष जयन्द्र खड्काको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रदेश सांसद भँडेलले आफ्ना क्षेत्रका जनतालाई स्वास्थ्य र आवश्यक्ताहरू पूरा गर्न आफू सधैँ तत्पर रहेको बताए ।

Published : Friday, 2020 April 3, 7:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया