कपिलवस्तुमा आगलागी, २५ घरगोठ जले

तौलिहवा । कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकामा आगलागी भएको छ । शुक्रबार आगलागी हुँदा २५ घर–गोठ जलेर नष्ट भएका छन् ।

विजयनगर गाउँपालिका–१, गुगौलीमा आगलागी हुँदा २५ घर तथा गोठ जलेर नष्ट भएको कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपशमशेर राणाले जानकारी दिए ।

प्रहरी उपरीक्षक राणाका अनुसार मानवीय क्षति भने भएको छैन ।

Published : Friday, 2020 April 3, 7:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया