दाङका १२ जना मजदुरहरू स्याङजामा भोकै अलपत्र, हिँडेर देउखुरी जाँदै

पुतलीबजार । सरकारले कोरोना भाइरस संक्रमणलाई थप फैलिन नदिन एक साताका लागि मुलुकलाई लकडाउन गर्‍यो ।

पहिलो लकडाउन एकसाताका लागि मात्रै सोँचेर काम गरिरहेका दैनिक ज्यालादारी गर्ने मजदुरलाई थाहा भएन सरकारले फेरि अर्को एकसाता लकडाउन घोषण गरेपछि उनीहरूको मनमा चिसो पस्यो ।

यो समस्या हो कास्की माछापुच्छ«े गाउँपालिकामा काम गर्ने श्रमिकहरूको । दाङ जिल्लाको देउखुरी उपत्यकाको गढवा गाउँपालिकाबाट दैनिक मजदुरी गर्न गएका श्रमिकहरूले ठेकेदारसँग घर जाने व्यवस्था मिलाईदिन आग्रह गरे ।

लकडाउन लम्बिदैन भन्दै ती श्रमिकहरूलाई घर पठाउन आनकानी गरेपछि पैदल यात्रा गरेर भएपनि जान्छौँ भन्दै उनीहरूले आफ्नो यात्रा तय गरे ।

पैदल यात्रा गरेर स्याङ्जाको वालिङ आईपुगेका श्रमिकहरूको कथा हो यो । एक महिना अगाडि नदीमा तटबन्दनका लागि जाली भर्ने काममा गएका १२ जना श्रमिक ठेकेदारले सवारी साधनको व्यवस्था नगरिदिदा हिँडेर घर जान बाध्य भएको दुजमान घर्तीले बताए ।

‘पैदल हिडेर जिल्ला प्रशासन कार्यालय कास्की आएर प्रशासनलाई अनुरोध ग¥यौँ’, घर्तीले भने, ‘प्रशासनले सवारी साधन व्यवस्थापन गर्न सक्दैनौँ भनेपछि हिँडेर जान बाध्य भयौं ।’ करीव ३८ घण्टा पैदल हिडेर उनीहरू वालिङ आईपुगेको उनले बताए ।

पाँचदिन लागेपनि घरमै पुगेर बस्ने अठोटका साथ पैदल यात्रा तय गरेका ती श्रमिकहरूले करीव ३ सय ५० किलोमिटर यात्रा गर्नुपर्ने हुन्छ ।

पटक–पटक घरमा जाने व्यवस्था गरिदिन आग्रह गरेपनि ठेकेदारले कुरा नसुनेको उनीहरूले बताएका छन् । मर्दीखोला तटबन्दन समितिका सदस्य केशव अधिकारीसँग बुझ्ने प्रयास गर्दा उनीहरूलाई खाना बस्नको प्रवन्ध मिलाएपनि बस्न नमानेको बताए ।

दाङको गढवा गाउँपालिका १ बगवारी गाउँका श्रमिकहरू सिद्धार्थ राजमार्गको बाटो हुँदै वालिङ आईपुगेको सरद जिसीले बताए ।

‘हिँड्दै जादा घर पुगिएलानी भन्ने आशा लिएका छौँ’, जिसीले भने, ‘बिहानको समय र बेलुकाको समयमा हिड्ने गरेका छौं ।’ ‘दिउँसोको समयमा शीतल खोजेर आराम गर्दै यहाँसम्म आईपुग्यौँ’, उनले भने । चाउचाउ र पानी खाएर यात्रा गरेको उनीहरूले बताएका छन् ।

उनीहरूको पैदलयात्रा अत्यन्तै दैनीय अवस्था थियो । १२ वर्षे बालकदेखि २८ वर्षे उमेरका १२ जना श्रमिकको दैनीय अवस्था देखेर केही राहत गर्न सकिन्छ कि भनेर स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई सम्पर्क गर्न खोज्दा एक जिल्लाबाट अर्को जिल्ला पठाउन कठिन हुने बताए ।

Published : Thursday, 2020 April 2, 7:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया