संकटका बेला कांग्रेसमाथि कम्युनिस्ट सरकारको राजनीति, सिलवाललाई साथ, बस्नेतलाई अबरोध

ललितपुर । सहायता वितरण कार्यमा सरकारले नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूलाई भेदभाव गरेको छ ।

सरकारले सत्तारुढ नेकपाका नेता र सांसदहरूलाई विभिन्न स्थानमा राहत वितरण गर्न दिएको छ । तर, नेपाली कांग्रेसका नेता र सांसदहरूलाई अबरोध सिर्जना गरेको छ ।

सोमबार सिन्धुपाल्चोक जिल्लामा प्रहरीले माथिको आदेश भन्दै स्वास्थ्य सामग्रीसहित सहायता वितरण गर्न जाने क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई रोकेको थियो ।

रसुवा जिल्ला नेपाली कांग्रेसका बागमती प्रदेशका सांसद प्रेम तामाङलाई अबरोध गर्दै एक घण्टा हिरासतमा प्रहरीले राखेको थियो ।

प्रहरीले माथिको आदेशभन्दै लकडाउनका बेला राहत वितरण गर्न नपाइने भनेर अबरोध सिर्जना गरेको थियो ।

नेपाली कांग्रेसका नेता तथा सांसदहरूले स्थानीय निकायका जनप्रतिनिधिहरूसँग समन्वय गरेर अति निम्न वर्गलाई सहायता वितरण गरेका थिए । तैपनि सरकारले कांग्रेसले सहायता विरतण गरेको मन पराएन । अबरोध ग¥यो ।

तर, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ललितपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद नवराज सिलावल र प्रदेश सांसद चेतनाथ सञ्जेलले लकडाउनका बेला पनि सहायता वितरण गर्दै आएका छन् । उनीहरूलाई ललितपुर प्रहरीले कुनै रोकेतोक गरेको छैन ।

नेकपाका प्रतिनिधि सभाका सांसद सिलवाल र प्रदेश सांसद सञ्जेलले स्थानीय तहका जनप्रतिनिधिहरूसँग कुनै पनि समन्वय नगरी सहायता वितरण गरेको गुनासो आएको छ ।

त्यति मात्रै होइन सहायता वितरणमा सरकारले कांग्रेसका नेताहरूलाई अबरोध गर्ने तर, नेकपाका नेताहरूलाई सहायता विरतणमा सहयोग गर्ने दोहोरो नीतिको आलोचना भएको छ ।

चैत १६ गते गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णय नम्बर ७ मा स्पष्ट लेखिएको छ – ‘कुनै निका, संघ, संस्था, व्यक्तिले सहायता दिन चाहेमा सम्बन्धित स्थानीय तहमा सम्पर्क राख्नुपर्ने । स्थानीय तहले तोकेको मापदण्ड अनुसारका सहयोग सामग्रीहरू भएमा मात्र स्थानीय तहले स्वीकार गरी वडास्तरीय समितिमार्फत वितरण गर्ने । सोको विवरण अनिवार्य रुपमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउने ।’

नेकपाका सांसद सिलवाल र प्रदेश सांसद सञ्जेलले गृहमन्त्रालयको कुनै पनि आदेशलाई पालना गरेका छैनन् ।

नेकपाका सिलवाल र सञ्जेलले सहायता विरतण गर्न पाउँदा कांग्रेसलाई अबरोध किन भयो भनेर प्रश्न उठेको छ ।

नेपाल प्रहरीका पूर्वडीआईजी समेत रहेका सिलवालले ललितपुर प्रहरीलाई प्रभावमा पारेको यसअघि पनि आरोप लाग्दै आएको छ ।

Published : Tuesday, 2020 March 31, 7:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया