कोरोना नियन्त्रणमा सरकारको कार्यमा कांग्रेसको निगरानी, खाँण र ढकालवीच सम्वाद

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि प्रभावकारी रुपमा काम गर्न आग्रह गरेका छन् ।

प्रमुख सचेतक खाँणले सोमबार स्वास्थ्यमन्त्री ढकाललाई फोन गरेर कोरोना भाइरसको संक्रमण नियन्त्रण, न्यूनीकरण एवं उपचारका लागि सरकारले ल्याएको स्वास्थ्य उपकरण तथा सामग्रीहरू अविलम्ब सबै प्रदेश र जिल्लाहरूमा पु¥याउनका लागि ध्यानाकर्षण गराएका हुन् ।

उनले देशभरिका सबै स्वास्थ्य केन्द्रमा आवश्यक पर्ने स्वास्थ्य उपकरण तथा सामग्री वितरणका लागि थप गुणस्तरीय र प्रभावकारी सामग्रीहरूको यथाशीघ्र व्यवस्था गर्नु ढकाललाई सुझाव दिए ।

कोरोना भाईरस महामारी रोकथाम, नियन्त्रण तथा उपचारमा रहेका चिकित्सक, नर्स तथा सबै स्वास्थ्यकर्मी लगायत सुरक्षार्थ खटिने सुरक्षाकर्मीहरूको मनोबल उच्च राख्नका लागि खाँणले सुझाव दिएका छन् । उनले सरकारको तर्फबाट सम्बोधन हुनुपर्ने स्वास्थ्यकर्मीहरूका कुरामा विशेष जोड दिनुपर्ने बताए ।

निजी अस्पताल र स्वास्थ्य संस्थालाई आवश्यक पर्ने स्वास्थ्य उपकरण तथा सामग्रीहरू उपलब्ध गराई कोरोना भाईरस महामारी रोकथाम, नियन्त्रण तथा उपचार अभियानमा सहभागी गराउन पनि खाँणले सुझाव दिएका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री ढकालले कांग्रेसका प्रमुख सचेतक खाँणलाई नेपालमा ल्याइएको स्वास्थ्य उपकरण तथा सामग्रीहरू सोमबार बिहानैबाट वितरण भइरहेको बताए ।

थप स्वास्थ्य उपकरण तथा सामग्रीहरू २१ गतेसम्म नेपाल आइपुग्ने समेत ढकालले जनकारी गराएका छन् ।

निजी अस्पताल तथा स्वास्थ्य संस्थालाई पनि कोराना भाईस रोकथाम, नियन्त्रण तथा उपचारमा सहभागी गराउने प्रकया भइरहेको मन्त्री ढकालले कांग्रेसलाई जानकारी गराएका छन् । मन्त्री ढकालले नेपाली कांग्रेसको सहयोग एवं साथको लागि धन्यवाद दिएका छन् ।

Published : Monday, 2020 March 30, 8:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया