प्रधानमन्त्री ओलीलाई देखियो स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई अस्पतालमा भर्ना गरिएको छ ।

ओलीको मुटुमा केही समस्या भएपछि बिहीबार राति त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।

प्रधानमन्त्री ओलीका निजी चिकित्सक प्रा.डा.दीव्यसिंह शाहले प्रधानमन्त्रीको मुटुको चाल केही बढेको देखिएपछि अस्पताल लगिएको जानकारी दिइन् ।

डा.शाहका अनुसार हाल प्रधानमन्त्री ओलीलाई अब्जर्भेसनमा राखिएको छ । ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताइन् ।

स्वास्थ्य सामानय भएपछि प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गरेर बालुवाटारस्थित निवासमा लैजाने तयारी भएको छ ।

प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

Published : Friday, 2020 March 27, 8:42 am

फेसबुकबाट तपाईको प्रतिक्रिया