कांग्रेसका सांसद आचार्यले बनाए आफ्नै घरमा २१ बेडको क्वारेन्टाइन

रसुवा । नेपाली कांग्रेसका प्रतिनिधि सभाका सांसद मोहन आचार्यले रसुवा जिल्लामा आफ्नै घरलाई क्वारेन्टाइन बनाएका छन् ।

रसुवा जिल्लास्थित आफ्नै निवासलाई सांसद आचार्यले २१ बेडको क्वारेन्टाइन निर्माण गरेका हुन् ।

कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमबाट रसुवा जिल्लाका जनतालाई बचाउन सांसद आचार्यले क्वारेन्टाइन बनाएका हुन् ।

कांग्रेसका सांसद आचार्यले शंकास्पद बिरामीहरूको निगरानी तथा उपचारको व्यवस्थापन गर्न आफ्नै घरलाई प्रयोग गरेपछि स्थानीय प्रशासनलाई पनि सहयोग मिलेको छ ।

यसअघि बेत्रावतीस्थित सहकारी भवनमा २० बेडको क्वारेनटाइन निर्माण गरिने भनिए पनि त्यहाँ उपयुक्त नभएपछि सांसद आचार्यले आफ्नै घरमा क्वारेन्टाइन बनाउन दिएका हुन् ।

सांसद आचार्यको घरको चार वटा कोठामा सुबिधा सम्पन्न २१ बेडको क्वारेन्टाइन निर्माण गरेको उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले बताए ।

कोठाहरूमा ट्वाइलेट, बाथरुम, धारा, साबुनसहितका आवश्यक सामाग्रीहरूको व्यवस्था गरिएको छ ।

कांग्रेसका सांसद आचार्यले कोरोना भाइरसको संक्रमणसँग विश्व लडिरहेका बेला शंकास्पद बिरामीहरूको निगरानी तथा उपचारको व्यवस्थापनका लागि आफ्नै घरमा क्वारेन्टाइन निर्माण गरी विपदको सहयोग गरेको बताएका छन् ।

Published : Thursday, 2020 March 26, 8:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया