कोरोनाविरुद्ध लड्न कांग्रेसले सरकारी कोषमा ५० लाख दिने

काठमाडौं । नेपाली कांग्रेसले सरकारले घोषणा गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण उपचार कोषलाई ५० लाख रुपियाँ दिने घोषणा गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार ट्वीट गर्दै पार्टीका तर्फबाट सरकारलाई एकमुष्ट ५० लाख रुपियाँ दिने जनाएका हुन् ।

‘कोरोना भाइरसको जोखिम सामना गर्न नेपाल सरकारले निर्माण गरेको कोषमा नेपाली कांग्रेस पार्टीका तर्फबाट एकमुष्ट ५० लाख जम्मा गर्ने निर्णय भएको सबैलाई जानकारी गराउँदछु’, शर्माले ट्वीटमा भनेका छन् ।

यसअघि नेपाली कांग्रेसका सांसदहरूले १५ दिनको पारिश्रमिक कोषलाई दिने जनाइसकेका छन् ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले मंगलबार विज्ञप्ति निकालेर पारिश्रमिक उपलब्ध गराउने निर्णय भएको उल्लेख गरेका छन् ।

Published : Tuesday, 2020 March 24, 6:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया