७० करोड काण्डको दुई दिनपछि बर्दघाटमा कम्युनिस्टहरूको लज्जास्पद हार

बर्दघाट । नवलपरासी जिल्लामा बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्ष नेपाली कांग्रेस निकटका उम्मेदवार धातानन्द बस्याल विजयी भएका छन् ।

संयुक्त प्यानलबाट बस्याल अध्यक्षमा उम्मेदवार बनेका थिए । आइतबार सार्वजनिक भएको अन्तिम नतिजाअनुसार बस्यालसहितको टिमले जितेको छ ।

सत्तारुढ नेकपा निकटको टिम पराजित भएको छ । नेकपाले उपाध्यक्षमा मात्रै जितेको छ ।

नेपाली कांग्रेस निकटको संयुक्त प्यानबाट विजयी हुनेहरूमा अध्यक्षमा धातानन्द बस्याल, सचिवमा धनबहादुर गुरुङ, कोषाध्यक्षमा थुमकला बसेल, महिला सदस्यमा रेनुका खत्री गिरी, महिला सदस्यमा सीता गुरुङ, सदस्य जनजातितर्फ भुसाहीप्रसाद थारु चौधरी, सदस्य खुलामा कालीदास पाण्डे र दलित सदस्यमा मंगले सार्की रहेका छन् ।

लेखा समितिको संयोजकमा गोपाल पाण्डे, सदस्यमा बसन्ती थरुनी र पूर्णबहादुर सारु विजयी भएका छन् ।

Published : Sunday, 2020 February 23, 6:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया