यी हुन कांग्रेसमा समायोजन हुने गच्छदारको फोरमका नेताहरू

काठमाडौं । तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको तर्फबाट समायोजन हुने नेताहरूको नाम नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बुझाइएको छ ।

पूर्वसहमतिअनुसार विजयकुमार गच्छदार नेतृत्वको फोरमले मंगलबार नेताहरूको नाम बुझाएको हो । जिल्लामा समायोजन हुने नेताहरूको नाम बुझाए पनि ११ जना केन्द्रीय सदस्यहरूको नाम बुझाइएको छैन ।

फोरमलाई कांग्रेसमा समायोजन गर्नका लागि विमलेन्द्र निधि, डा.प्रकाश शरण महत, महेश आचार्य र दीपक गिरीको चार सदस्यीय कार्यदल बनाइएको थियो ।

फोरम लोकतान्त्रिकको तर्फबाट दुई सय जना महासमिति सदस्यहरूको नाम बुझाइएको छ । छ सय महाधिवेशन प्रतिनिधिहरूको नाम पनि बुझाइएको स्रोतले जनाएको छ ।

२२ जिल्लामा फोरमले पाएको पदाधिकारी र सदस्यहरूको नाम पनि बुझाइएको छ ।

फोरमले भक्तिनाथ माझीलाई मोरङमा उपसभापतिमा सिफारिस गरेको छ । सुनसरीमा हरिलाल मेहता, कैलालीमा विरुप्रसाद चौधरी, बर्दियामा गोविन्दप्रसाद थारुलाई सिफारिस गरेको छ ।

सप्तरीमा प्रभुनारायण चौधरी, सर्लाहीमा रामवली राय, दाङमा हीरालाल चौधरी, पर्सामा राजकुमार गुप्ता, काभ्रेमा गोविन्दबहादुर थापा, झापामा देवीप्रसाद राजवंशीलाई उपसभापतिमा सिफारिस गरिएको छ ।

रुपन्देहीमा सरिताकुमारी चौधरी, बारामा अमिरीलाल पाल राउत, बाँकेमा फुलाराम थारुलाई उपसभापतिमा सिफारिस गरिएको छ ।

ओखलढुंगामा शिवकुमार खड्कालाई सहसचिवमा सिफारिस गरिएको छ ।

सिरहामा बेचन महतो, धनुषामा नरेश यादव, रौतहटमा मनोज शर्मा, चितवनमा राजन कार्की, कपिलवस्तुमा रामसमुज चौधरी, कञ्चनपुरमा पुस्कल चौधरी, उदयपुरमा विजयकुमार सिंह र महोत्तरीमा ललन सिंहलाई सहसचिवमा सिफारिस गरिएको छ ।

Published : Wednesday, 2020 February 19, 4:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया