कांग्रेस सभापतिसहितका शीर्ष नेताहरू धरान प्रस्थान (तस्वीर)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरू सुनसरी जिल्ला प्रस्थान गरेका छन् ।

धरान उपमहानगरपालिकाका मेयर एवम् कांग्रेस नेता तिलक राईले फागुन ७ गते बुधबार प्रजातन्त्र दिवसका अवसरमा विशेष कार्यक्रम राखेका छन् । सोही कार्यक्रममा सहभागी हुन सभापति देउवासहितका नेताहरू विराटनगर हुँदै सुनसरी प्रस्थान गरेका हुन् ।

कार्यक्रममा सहभागी हुन सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, अनुशासन समितिका अध्यक्ष एवम् केन्द्रीय सदस्य भीष्मराज आङ्दम्बे, केन्द्रीय सदस्य डा.शेखर कोइराला, केन्द्रीय सदस्य डिला पन्त संग्रौला, केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा, पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणा, पूर्वसांसद रामहरि खतिवडा, नेविसंघका अध्यक्ष राजीव ढुंगाना, नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरलगायतका नेताहरू सुनसरी पुगेका छन् ।

फागुन ७ गते बुधबार हुने कार्यक्रममा धरानका मेयर राईले नेपाली कांग्रेसका नेताहरूलाई सम्मान गर्ने कार्यक्रम पनि छ ।

कार्यक्रमका लागि प्रदेश १ का सबै जिल्लाका सभापतिहरूलाई पनि बोलाइएको नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले जानकारी दिएका छन् ।

Published : Tuesday, 2020 February 18, 10:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया