नेविसंघले दियाे कम्युनिस्ट सरकारलाई चेतावनी, संगठित भए विद्यार्थी

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले नागरिकमाथि करको बोझ थामिनसक्नु गरी बढाएको भन्दै आलोचना गरेको छ ।

नेविसंघका अध्यक्ष राजीव ढुंगानाले आइतबार विज्ञप्ति जारी गरेर देश संघीयतामा गएको र स्थानीय तहदेखि प्रदेश तथा संघ गरी तीन तहका सत्ताले थोपरेको करले नेपाली जनता आक्रान्त भएको जनाएका छन् ।

आर्थिक वर्ष ०७६–६७ मा सरकारले विदेशबाट आयात गरिने पुस्तकमा १० प्रतिशत भन्सारमा महसुल लगाउने निर्णय गरेकोप्रति नेविसंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पुस्तकमा कर लगाउने कदम राष्ट्रिय लज्जा मात्र हुनै, अन्तर्राष्ट्रिय लज्जाको विषय भएको अध्यक्ष ढुंगानाले बताएका छन् ।

नेविसंघका अध्यक्ष ढुंगानाले ज्ञान, चेतना, अध्ययन, अध्यापन जस्ता मानव जीवनका अत्यन्त महत्वपूर्ण विधामा पूर्ण विराम लगाउने गरी आएको यो निर्णय तत्काल नसच्याए नेविसंघले सशक्त आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएका छन् ।

Published : Sunday, 2020 February 16, 9:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया