यी हुन् देशलाई पचास वर्ष पछाडि धकेल्ने १९ भाई कम्युनिस्टहरू

काठमाडौं । माओवादीको कथित जनयुद्धको विषयमा समाज विभाजित छ । माओवादी समर्थकहरू कथित जनयुद्धलाई उपलब्धिका रुपमा लिन्छन् ।

तर, बहुसंख्यक जनताले अहिले पनि जनयुद्धलाई मन पराउँदैनन् । माओवादीकै कारण देशले विकास गर्न नसकेको तथा पचास वर्ष पछाडि धकेलिएको आरोप लगाउँदै आएका छन् ।

कथित जनयुद्धलाई पूर्वएमालेले समेत पचाउन सकिरहेको छैन । पूर्वएमाले पृष्ठभूमि भएका नेताहरूले जनयुद्धको विरोध गर्दै आइरहेका छन् ।

एमाले र माओवादीवीच पार्टी एकीकरण भएपनि कथित जनयुद्ध दिवसका रुपमा माओवादीले मनाउने कार्यक्रममा एमाले पृष्ठभूमि भएका नेताहरू सहभागी हुने गरेका छैनन् ।

बिहीबार अर्थात फागुन १ गते नेकपाको पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित कथित जनयुद्ध दिवसको कार्यक्रममा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली सहभागी भएनन् ।

माओवादीको कथित जनयुद्धको विरोधी रहेका ओली पार्टी एकीकरणपछि जनयुद्धसम्बन्धी कुनैपनि कार्यक्रममा सहभागी भएका छैनन् । ओली मात्रै पूर्वएमालेका धेरै नेताहरू ती कार्यक्रममा सहभागी हुँदैनन् ।

०५२ साल फागुन १ गते मा नेकपा (माओवादी)ले कथित जनयुद्धको घोषणा गर्दा उसको केन्द्रीय समिति १९ सदस्यीय थियो । प्रचण्ड पार्टी महामन्त्री थिए ।

देशलाई कथित जनयुद्धमा लगेर विकासमा तहन नहस गरी १७ हजार मान्छेको ज्यान लिने निर्णय गर्नेहरूको आलोचना हुने गरेको छ ।

कतिथ जनयुद्धमा जाने निर्णय गर्नेहरूमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, मोहन वैद्य ‘किरण’, डा. बाबुराम भट्टराई, रामबहादुर थापा ‘बादल’, सिपी गजुरेल ‘गौरव’, पोष्टबहादुर बोगटी ‘दिवाकर’, देव गुरुङ ‘कान्छाबहादुर’, टोपबहादुर रायमाझी ‘अनिल’, हरिबोल गजुरेल ‘शीतलकुमार’, हरिभक्त कँडेल ‘प्रतीक’, अग्निप्रसाद सापकोटा ‘कञ्चन’, लोकेन्द्र विष्ट मगर ‘अभ्यास’, पम्फा भुसाल ‘विद्युत्’, मातृका यादव, दिनेश शर्मा ‘सागर’, यानप्रसाद गौतम ‘आलोक’, दण्डपानी न्यौपाने ‘दीपेन्द्र शर्मा’, नारायणप्रसाद शर्मा ‘कमलप्रसाद’ र फणिन्द्र आचार्य ‘अनल’ रहेका थिए ।

Published : Friday, 2020 February 14, 12:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया