कांग्रेसका नेता एवम् सांसद उपाध्यायको निधन

काठमाडौं । नेपाली कांग्रेस रुपन्देहीका नेता एवम् राष्ट्रिय सभाका सांसद दुर्गाप्रसाद उपाध्यायको शुक्रबार असामयिक निधन भएको छ ।

विगत छ महिनादेखि क्यान्सरको उपचार गराउँदै आएका उपाध्यायको शुक्रबार बिहान रुपन्देहीस्थित निवासमा निधन भएको पत्रकार बिक्रम खड्काले जानकारी दिए ।

सांसद उपाध्यायको निधनबाट देशले नैतिकवान प्रजातान्त्रिक योद्धा गमाएको नेपाली कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले उपाध्यायको निधनले पार्टीले निष्ठावान नेता र असल मित्र गुमाएको बताएका छन् ।

Published : Friday, 2020 February 14, 10:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया