दरबारमार्गमा गुण्डाहरूको परेड, रोयल क्यासिनोमा बबण्डर

काठमाडौं । काठमाडौंको मुटु दरबारमार्गमा रहेको क्यासिनो रोयलका ६ सय जना मजदुरलाई श्रम ऐन विपरीत अन्यायपूर्ण रुपमा निस्कासन गर्न लागिएको भन्दै हँगामा भएको छ ।

गिल्ट ईन्भेष्टमेन्ट प्रालिद्वारा सञ्चालित रोयल क्यासिनोमा २७ वर्षदेखि कार्यरत मजदुरहरूलाई ७५ महिनाको सञ्चयकोष, उत्पदान र सामाजिक सुरक्षा कोषको रकम समेत नदिइ निस्काशन गर्ने तयारीमा होटल याक एण्ड यतिका सञ्चालक लागेका लागेको एक मजदुरले बताए ।

होटल याक एण्ड यतिले क्यासिनो रोयलको सञ्चालन गर्ने कम्पनी गिल्ट ईन्भेष्टमेन्ट प्रालिलाई ठाउँ छाड्न निर्देशन दिएर ६ सय मजदुरहरूले पाउनुपर्ने २५ करोड रुपियाँ नपाउने अवस्था सृजना भएको छ ।

क्यासिनो रोयलमा जाने ग्राहकहरूलाई रोक्न बिहीबारदेखि बाउन्सरहरू मूल गेटमा खटाइएको छ । बिहीबार दिनभरि होटल याक एण्ड यतिमा तनाबपूर्ण अवस्था बनेको थियो ।

होटलले गिल्टलाई ठाउँ छाड्न सूचना दिएर अर्को कम्पनीलाई क्यासिनो सञ्चालन गर्न दिने र मजदुहरूलाई भने निस्काशन गर्न लागिएको छ ।

पाउनुपर्ने सुविधा समेत नदिइ मजदुरहरूलाई निस्काशन गर्न याक एण्ड यति होटलका सञ्चालक राधेश्याम सर्राफ र अर्जुन सर्राफ लागेका छन् ।

सञ्चय कोष, उत्पदान र सामाजिक सुरक्षा कोषको २५ करोड रुपियाँ नदिइ क्यासिनो सञ्चालन गर्ने कम्पनीलाई ठाउँ छाड्न सूचना दिएको भनी मजदुर निस्कासन गर्न होटल याक यतिका सञ्चालक सर्राफ लागेका छन् ।

जसको बिरोधमा क्यासिनो रोयलमा कार्यरत मजदुहरू उत्रिएपछि क्यासिनो बेल्लिजका सञ्चालक ज्ञानेन्द्र श्रेष्ठ भनिने ‘बाबा’को नेतृत्वमा गुण्डा बोलाएर मजदुरहरूलाई कुटपिट नै गरी लखेट्ने योजनामा सर्राफ लागेको आरोप छ ।

याक एण्ड यति होटलका सञ्चालक सर्राफले त्यसका लागि ज्ञानेन्द्र श्रेष्ठलाई गुण्डा व्यवस्थापन गर्ने जिम्मा दिएका छन् ।

बिहीबार होटल याक एण्ड यति परिसरमा गुण्डा र प्रहरीको बाक्लो संख्या तैनाथ गरिएको थियो ।

क्यासिनो रोयलका मजदुरहरूको गिल्ट इन्भेष्टमेन्टले श्रम ऐन अनुसार संचयकोष र उपदान समेत विभिन्न सुविधा बापत करीव २५ करोड रुपियाँ दिनुपर्नेछ ।

मजदुरहरूले पाउनुपर्ने उक्त सुविधा नदिइ गुण्डागर्दी गरी निस्काशन गर्ने षडयन्त्रमा सर्राफ र क्यासिनो रोयलका सञ्चालक गोबर्द्धन लामिछाने लागेको गुनासो मजदुरहरूको छ ।

क्यासिनो रोयलका सञ्चालक लामिछाने पछिल्लो समयमा क्यासिनोमा आउँदैनन् । मजदुरहरूले भेट्न खोज्दा लामिछाने सम्पर्कमा आएका छैनन् ।

याक एण्ड यति होटलका सञ्चालक सर्राफले क्यासिनोको जग्गा अर्कैलाई दिनका लागि ६ सय मजदुरको बिचल्ली पार्न लागेका छन् ।

होटल सञ्चालक सर्राफ र क्यासिनोका लामिछानेले होटल परिसरमा गुण्डा र प्रहरीलाई तैनाथ गरी मजदुरलाई बिरोधमा उत्रिन नदिने रणनीति बनाएको छ ।

रोयल क्यासिनोमा ३ सय ४३ नियमित तथा स्थायी २ सय करार तथा अस्थायी कर्मचारी छन् । यी मजदुर नेपाल रिक्रियसन सेन्टरका तत्कालीन सञ्चालक आरडी टटल र राकेश बादवाले क्यासिनो सञ्चालन गर्दादेखिकै काम गर्दैआएका छन् ।

रिक्रियशनले संचालन गर्न नसक्ने भएपछि मजदुरहरूको उपदान, सञ्चयकोष लगायतका रकम तथा सेवा सुविधा समेत जोडिने गरी तत्कालीन श्रम ऐन २०४८ को दफा ८ अनुसार स्वामित्व परिवर्तनले श्रमिकको दायित्वमा असर नपर्ने गरी कानूनी व्यवस्था गरेको थियो ।

त्यही व्यवस्था अनुसार श्रमिकहरू पहिलेदेखिकै रहे, सञ्चालक कम्पनी परिवर्तन भएको थियो । सन् २०१० फ्रेबुअरी ६ देखि गिल्ट इन्भेष्टमेन्ट प्रालिले मजदुरहरूको साविककै पारिश्रमिक सेवा सुविधा समेत बहन गर्ने गरी क्यासिनो रोयल सञ्चालन गर्दै आएको छ ।

याक एण्ड यति होटलले गिल्ट इन्भेष्टमेन्टलाई क्यासिनो रोयल रहेको स्थान छाड्न सूचना दिएको जानकारी दिएको छ ।

गिल्टका मजदुरहरूको सञ्चयकोष, उपदान र सामाजिक सुरक्षा कोष बापतको २५ करोड रकमको दायित्व कसैले नब्यहोरी श्रमिकलाई बिचल्ली पार्ने गरी काम अगाडि बढाएको छ ।

जसका कारण मजदुर अन्यायमा पर्ने भएका छन् । क्यासिनो रोयलको सञ्चालन गर्ने मुख्य जिम्मेवारी र लाइसेन्स होटल याक एण्ड यति को भएको र उसले गिल्ट इन्भेष्टमेन्टसँग सम्झौता गरी मजदुरलाई काममा लगाएको भनाइ कर्मचारीको छ ।

सन् २०१० फ्रेबुअरी ६ देखि गिल्ट इन्भेष्टमेन्टको मातहतमा रही करीव दश वर्ष काम गरेको र अब यसपछि यसै कम्पनी वा अरु कुनै कम्पनीमार्फत् नै काम गरे गराएमा समेत श्रम ऐन २०४८ को दफा ८ तथा श्रम ऐन २०७४ को दफा १४ बमोजिम स्वामित्व परिवर्तनले श्रमिकहरूको सेवा सर्त र सुविधामा कुनै प्रतिकूल असर नपर्ने कुरा निर्विवाद रहेको बारेमा पनि होटल व्यवस्थापनको ध्यानाकर्षण क्यासिनो रोयलका ट्रेड युनियनले गराइसकेका छन् ।

मजदुरहरूको हालसम्म पाउनुपर्ने करीव २५ करोड रकम गिल्ट इन्भेष्टमेन्ट र होट याक एण्ड यति दुवैबाट एकीन गर्न लगाई भुक्तानीको व्यवस्था गराउन माग गर्दै श्रम तथा रोजगार कार्यालयमा हालै निवेदन दर्ता भएको छ ।

रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा व्यवसायजन्य स्वास्थ्य विभाग, सामजिक सुरक्षाकोष, होटल याक एण्ड यति, गिल्ट इन्भेष्टमेन्ट प्रालि, संयुक्त ट्रेड युनियन समन्वय केन्द्र, गृहमन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन पर्यटन मन्त्रालय र पर्यटन विभागलाई अनुरोध गरिएको छ ।

Published : Friday, 2020 February 7, 4:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया