कांग्रेसले अकस्मात बोलायो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । पार्टीभित्रको विवाद समाधान गर्न शीर्ष नेताहरूवीच सम्वाद चलिरहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक माघ १३ गते सोमबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा बस्नेछ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेले जनाएका छन् ।

राष्ट्रिय सभामा कांग्रेसको पराजय र सभामुखका निर्वाचन लगायतका विषयमा पनि केन्द्रीय कार्यसमितिको बैठकमा छलफल हुनेछ ।

बैठकमा पार्टीभित्र देखिएको विवादलाई कसरी समाधान गर्ने भन्ने विषयमा पनि छलफल हुने जनाइएको छ ।

केन्द्रीय कार्यसमितिको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, कोइराला परिवार र नेता कृष्णप्रसाद सिटौला समूह उपस्थिति हुन्छ वा हुँदैन केही भनिएको छैन । यसअघि यो समूहले बैठक बहिस्कार गर्दै आएको थियो ।

Published : Friday, 2020 January 24, 4:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया