भारतीय नेताहरू भेटेर काठमाडौं फर्किए रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता भारत भ्रमणपछि स्वदेश फिर्ता भएका छन् ।

वरिष्ठ नेता पौडेल शनिबार साँझ करीव साढे ५ बजे काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह निकट मानिने कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीसहितका सीमित नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका थिए ।

पाैडेलकाे स्वागतमा नेविसंघका नेता माेती भण्डारी, नेपाली कांग्रेका युवा नेता कृष्ण सापकाेटा, तरुण दलकाे कारबाहीमा परेका भुपेन्द्रजंग शाहीसहितका नेताहरू पनि विमानस्थलमा पुगेका थिए ।

उच्च रक्तचापको उपचार गर्न भारतको राजधानी नयाँदिल्ली पुगेका पौडेलले भारतीय नेताहरूसँग भेट गरेका थिए । भेटमा नेपालको राजनीतिक अवस्थाका विषयमा छलफल गरेका थिए ।

नेपाली कांग्रेसभित्रको विवाद समाधान गर्न छाडेर वरिष्ठ नेता पौडेल उपचारका लागि भन्दै दिल्ली पुगेर भाजपाका नेता राजनाथ सिंहसहितका आधा दर्जन नेताहरूलाई भेटेर स्वदेश फर्किएका छन् ।

पार्टीभित्र निष्ठावान नेताका रुपमा चिनिएका वरिष्ठ नेता पौडेलले भारतका नेताहरूप्रति देखाएको आकर्षणले नेपाली कांग्रेसका देशभरिका नेता तथा कार्यकर्ताहरूको मन दुखाएका छन् ।

Published : Saturday, 2020 January 18, 9:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया