कांग्रेस सभापति देउवाको हातमा चोट लाग्यो (तस्वीर)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हातमा चोट लागेको छ ।

ललितपुर जिल्लाको गोदावरी नगरपालिकाको चापागाउँमा वीर गणेशमान सिंह स्मृति तेस्रो खुल्ला राष्ट्रिय किक बक्सिङ प्रतियोगिताको बिहीबार उद्घाटन कार्यक्रममा सभापति देउवाको देब्रे हातको औँलामा चोट लागेको हो ।

चोट लागेपछि प्रतियोगितामा रहेका मेडिकल टिमले प्राथमिक उपचार गरिदिएको प्रतियोगिता आयोजक समितिका संयोजक मीनकृष्ण महर्जनले जानकारी दिए ।

‘प्रतियोगिता उद्घाटन कार्यक्रममा सम्मान वितरण कार्यक्रम थियो । सम्मान पत्रको किल्लाले सभापति शेरबहादुर देउवाको देब्रे हातको औँलामा सामान्य चोट लागेको हो’, उनले भने, ‘तत्काली प्राथमिक स्वास्थ्यकर्मीको टिमले उपचार गरिदिएको छ ।’

चापागाउँमा बिहीबारदेखि देशै ठूलो धनराशिको किक बक्सिङ प्रतियोगिता शुरु भएको छ । प्रतियोगिता भब्य रुपमा उद्घाटन गरिएको छ ।

Published : Thursday, 2020 January 16, 6:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया