अखिलका भण्डारीद्वारा नेविसंघका अध्यक्षलाई काठमाडौंमा कुटपिट

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटको अनेरास्ववियु समर्थक विकास भण्डारीले नेपाल विद्यार्थी संघ ताहाचल क्याम्पसका ईकाइ अध्यक्ष दीवाकर बोहरालाई कुटपिट गरेका छन् ।

आउँदै गरेको स्ववियु निर्वाचन र राजनीतिक प्रतिशोधका कारण सत्ताको आडमा विकास भण्डारीले नेविसंघका अध्यक्ष बोहरालाई सोमबार क्याम्पस परिसरभित्र कुटपिट गरेका हुन् ।

कुटपिटबाट सामान्य घाइते भएका नेविसंघका ईकाइ अध्यक्ष बोहराले प्रहरीमा विकास भण्डारीविरुद्ध उजुरी दिने बताएका छन् । उनले दोषीलाई हदैसम्मको कारबाहीको माग गरेका छन् ।

अनेरास्ववियु ताहाचल क्याम्पसका ईकाइ अध्यक्ष लोकेन्द्र बोहराको उक्साहटमा विकास भण्डारीले कुटपिट गरेको अध्यक्ष बोहराले बताएका छन् । विकास भण्डारी अनेरास्ववियुका केन्द्रीय सदस्य पंकज भण्डारीका भाई हुन् ।

दाई पंकज भण्डारी र सत्ताको आढमा विकास भण्डारीले ताहाचल क्याम्पसमा ‘गुण्डागर्दी’ गर्दै आएको नेविसंघले आरोप लगाएको छ ।

नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहले घटनाको विरोध गर्दै दोषी उपर कारबाहीको माग गरेका छन् ।

उनले देशमा कम्युनिस्टहरूको शासन सत्ता रहेका बेला नेविसंघका नेता तथा कार्यकर्तामाथि सांघातिक आक्रमण हुने घटनाले आफूलाई गम्भीर बनाएको भन्दै शान्ति सुरक्षाको माग गरेका छन् ।

पूर्वउपाध्यक्ष शाहले कम्याम्पसहाताभित्र गुण्डागर्दी देखाउनेहरूलाई कारबाही गर्नुपर्ने भन्दै प्रहरीको ध्यानाकर्षण गराएका छन् ।

Published : Monday, 2020 January 6, 5:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया