अहँकारी कम्युनिस्टलाई ठेगान लगाउन कांग्रेस–समाजवादीवीच सहकार्य

काठमाडौं । नेपाली कांग्रेस र समाजवादी पार्टीवीच राष्ट्रिय सभा निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएको छ ।

काठमाडौंमा शुक्रबार भएको वार्तामा नेपाली कांग्रेस र समाजवादी पार्टीवीच चुनावी तालमेल गर्ने निर्णय भएको हो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (नेकपा)वीच राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्ने सहमति भएसँगै नेपाली कांग्रेस र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीका वीच चुनावी तालमेल गर्ने निर्णय भएको छ ।

‘०६७ माघ ९ गते हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस र समाजवादी पार्टीवीच चुनावी तालमेल गर्ने सहमति बमोजिम प्रदेश नम्बर २ मा हुने ४ पदको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट महिला र अल्पसंख्यक र समाजवादीपार्टीको तर्फबाट दलित र अन्य पदमा उम्मेदवारी दिने सहमति गरियो’, सहमतिमा उल्लेख छ ।

सहमति पत्रमा नेपाली कांग्रेसका सभपाति शेरबहादुर देउवा र समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।

Published : Friday, 2020 January 3, 8:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया