भक्तपुरमा कांग्रेसले ढाल्यो लाल किल्ला, कम्युनिस्टभित्र रुवाबासी

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ ‘क’ मा नेपाली कांग्रेसले प्रदेश सभामा शानदार जित हासिल गरेको छ ।

तत्कालीन एमालेले जितेको यो क्षेत्रमा नेपाली कांग्रेसका कृष्णलाल भँडेलले शानदार मत ल्याएर विजयी भएका हुन् । यो क्षेत्रलाई कम्युनिस्टहरूको लाल किल्ला भनिएको थियो ।

नेपाली कांग्रेस उम्मेदवार कृष्णलाल भँडेल १३ हजार ७ सय ४८ मतसहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार डीपी ढकालले ११ हजार २ सय १० मत पाएका छन् ।

नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत पाएका छन् ।

नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाको कमाण्डिङ भक्तपुरको उपनिर्वाचन भँडेलले जितेका हुन् ।

निर्वाचन जिताउन नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापाको पनि उत्तिकै भूमिका छ ।

Published : Sunday, 2019 December 1, 11:32 am

फेसबुकबाट तपाईको प्रतिक्रिया