सीमा मिचिएको कुरा गर्दा कम्युनिस्ट सरकार ढल्दैनः पौडेल

भद्रपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल सरकारले सीमा विवादमा देखिएको समास्या समाधानका लागि प्रधानमन्त्री खड्गप्रसाद ओली आफैले भारतसँग वार्ता गर्न सुझाव दिएका छन् ।

नेपाल प्रेस युनियन झापा शाखाले बिहीबार भद्रपुरमा आयोजना गरेको पत्रकार भेटघाटमा पौडेलले सीमा विवाद सचिवस्तरको बैठकबाट नटुङ्गिने भएकाले प्रधानमन्त्री स्वयंले भारतीय प्रधानमन्त्रीसँग वार्ता गर्नुपर्ने बताए ।

विवाद समाधानका लागि सरकारअघि बढे त्यसमा सहयोग गर्न प्रतिपक्षी दल कांग्रेससमेत तयार रहेको उनले बताए ।

नेता पौडेलले आवश्यक प्रमाण नजुटाई हतारमा सीमा विवादको कुरालाई अन्तर्राष्ट्रियकरण नगर्न सुझाव दिएका छन् ।

‘छिमेकीको हेपाहा प्रवृत्ति र नेपालको लापरवाहीका कारण सीमा सुरक्षामा प्रश्न उठेको छ’, नेता पौडेलले भने, ‘अहिले दुईतिहाईको बलियो सरकार छ । कसैले ढाल्छ कि भनेर डराउनुपर्ने अवस्था छैन ।’

‘यो सरकारले लिपुलेक, लिम्पियाधुरा, कालापानीसहित सीमा विवाद देखिएका अन्य क्षेत्रमा नेपालको भू–भाग जतिका प्रमाण सङ्कलन गरेर सरकार कडा रुपमा प्रस्तुत होस्’, पौडेलले भनेका छन् ।

Published : Thursday, 2019 November 14, 5:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया