घोराहीमा कांग्रेसद्वारा वडाध्यक्षमा मनोनयन दर्ता, उल्लासमय बन्याे दाङ (तस्वीर)

घोराही । नेपाली कांग्रेसले दलबलसहित दाङको घोराही उपमहानगरपालिकाको वडा नम्बर १६ मा वडाध्यक्ष पदका लागि मनोनयन दर्ता गराएको छ ।

घोराहीस्थित निर्वाचन कार्यालयमा नेपाली कांग्रेसको तर्फबाट ताराबहादुर डाँगीले वडाध्यक्षमा मनोनयन दर्ता गराएका हुन् ।

पार्टी कार्यालयमा जम्मा भएर नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरू निर्वाचन कार्यालयमा नारावाजीसहित पुगेर वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।

नेपाली कांग्रेसले यस पटक वडा नम्बर १६ मा कुनै पनि हालतमा जित्ने जनाएको छ । यसअघि यो वडामा तत्कालीन एमालेले जितेको थियो ।

मनोनयन दर्ता गर्न जाने क्रममा नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्का, राष्ट्रिय सभामा नेपाली कांग्रेसकी सांसद अनिता देवकोटा, नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद राजु खनाल, प्रदेश सासद अर्जुनकुमार श्रेष्ठलगायतका सयौँ नेता तथा कार्यकर्ताहरूको सहभागिता थियो ।

कम्युनिस्टहरूबाट जनता आजित बनेका बेला मंसिर १४ गते उपनिर्वाचन हुँदै छ । उपनिर्वाचनलाई मिनी जनमत संग्रहका रुपमा हेरिएको छ ।

नेपाली कांग्रेसले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुईतिहाइको घमण्ड तोड्नेपक्षमा छ ।

Published : Wednesday, 2019 November 13, 12:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया