ओलीको सचिवालय खाली हुँदै, ‘छाैँडा’हरूको चुरिफुरी समाप्त

काठमाडौं । दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफ्नो सचिवालयमा हेरफेरको संकेत गरेका छन् ।

सचिवालयलाई लिएर चौतर्फी आलोचना भइरहेका बेला ओलीले आफ्नो सचिवालयमा सुधार गर्न लागेको उच्च स्रोतले जनाएको छ ।

ओलीले सचिवालयका सबै कर्मचारी र सहयोगीलाई एक महिनाभित्र राजीनामा दिन निर्देशन दिएका छन् ।

‘पार्टीका कार्यकर्ता मात्र होइन, निजामती कर्मचारीतर्फका पनि सचिवालयका सबैलाई सचिवालय खाली गर्न निर्देशन दिनुभएको छ’, स्रोतले भन्यो ।

ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई हटाउन पहिलो निशाना बनाइएको छ । रिमालको ठाउँमा नेकपाका नेता महेन्द्र पाण्डेलाई जिम्मेवारी दिने तयारी भएको दाबी स्रोतको छ ।

ओलीको निर्देशनपछि प्रेस सल्लाहकार कुन्दन अर्याल र रामशरण बजगाइँले राजीनामा बुझाइसकेको स्रोतको दाबी छ ।

ओलीका विश्वासपात्र स्वकीय सचिव राजेश वज्राचार्य र गृहजिल्लाबासी पत्रकार चेतन अधिकारीले भने निरन्तरता पाउनेछन् ।

Published : Saturday, 2019 November 9, 4:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया