खुसी हुँदै फर्किए अध्यक्ष र उपाध्यक्षहरू, कांग्रेसले जनतालाई सुःख दिने

भक्तपुर । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित देशभरिका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरूलाई दुई दिनसम्म प्रशिक्षण दिएको छ ।

भक्तपुर जिल्लाको बोडेमा शुक्रबार र शनिबार दुई दिन नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरूलाई प्रशिक्षण दिइएको हो ।

प्रशिक्षणमा जनतालाई सर्वसुलभ रुपमा सेवा दिने, वैज्ञानिक कर लागू गर्ने, जथााभवी कर नलिने, पार्टीको संगठन बनाउने, कम्युनिस्टहरूको अधिनायकवाद, विकास निर्माण, काम गर्ने शैली आदिका विषयमा जानकारी गराइएको थियो ।

दोस्रो दिनको पहिलो सत्रमा स्थानीय तहको योजना तर्जुमा सम्बन्धमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं प्रशिक्षक डा.जगदीशचन्द्र पोखरेल तथा बजेट तर्जुमा सम्बन्धमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं प्रशिक्षक डा.गोविन्द पोखरेलले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणको समापन कार्यक्रममा अध्यक्ष र उपाध्यक्षहरूलाई प्रमाण पत्र उपलब्ध गराइएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्य एवम् सांसद अतहर कमाल मुसलमान, नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडा, नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापासहितका नेताहरूको सहभागिता रहेको थियो ।

नेपाली कांग्रेसले यसअघि नगरपालिकाका मेयर र उपमेयरहरूलाई प्रशिक्षण दिइसकेको छ ।

 

Published : Saturday, 2019 October 19, 11:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया