देउवाद्वारा भक्तपुरमा प्रशिक्षणको उद्घाटन, जनतालाई सुःख दिने कुरा हुँदै (तस्वीर)

भक्तपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीबाट गाउँपालिकामा विजयी भएका अध्यक्ष र उपाध्यक्षहरूको दुई दिने प्रशिक्षणको उद्घाटन गरेका छन् ।

भक्तपुर जिल्लाको बोडेमा कृषि विकास बैंकको तालिम केन्द्रमा सभापति देउवाले शुक्रबार प्रक्षिणको उद्घाटन गरेका हुन् ।

नेपाली कांग्रेसबाट गाउँपालिकामा विजयी अध्यक्ष तथा उपाध्यक्षहरूलाई नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति देउवाका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, नेता कृष्णप्रसाद सिटौला, नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत, भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापा लगायतका नेताहरूको सहभागिता रहेको थियो ।

यसअघि नेपाली कांग्रेसले नगरपालिका, उपमहानगरपालिका, महानगरपालिकामा विजयी भएका प्रमुख र उपप्रमुखलाई प्रशिक्षण दिइसकेको छ ।

दुईतिहाइको बलियो कम्युनिस्ट सरकार बनेपछि नेपाली कांग्रेसले आफ्ना जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिएर जनतालाई छिटोछरितो रुपमा सेवा दिने विषयमा निर्देशन दिइसकेको छ ।

नेपाली कांग्रेसले आफ्ना जनप्रतिनिधिहरूलाई हरेक क्षेत्रमा जथाभावी रुपमा कर नउठाउन यसअघि नै निर्देशन दिइसकेको छ ।

प्रशिक्षणमा नेपाल तरुण दल भक्तपुरले व्यवस्थापन र स्वयं सेवककाे काम गरेकाे अध्यक्ष राजु थापाले जानकारी दिए ।

Published : Friday, 2019 October 18, 12:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया