राष्ट्रपति भण्डारीद्वारा सुविधा सम्पन्न महँगाे हेलिकप्टर प्रयोग

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले करीव २० मिनटको बाटोका लागि हेलिकप्टर प्रयोग गरेकी छिन् ।

म्यानमारको राजकीय भ्रमणमा जाने क्रममा बुधबार राष्ट्रपति भण्डारी हेलिकप्टर प्रयोग गरेकी हुन् । उनी हेलिकप्टरमार्फत त्रिभुवन विमानस्थल पुगेकी छिन् ।

राष्ट्रपति भण्डारी ट्राफिक व्यवस्थापन तथा सुरक्षालाई ध्यान दिँदै हेलिकप्टरबाट बिमानस्थल पुगेकी हुन् ।

राष्ट्रपति र प्रधानमन्त्रीको उडानमा प्रयोग गर्न हालै एक अर्ब ७० करोड खर्च गरेर एडब्लु अगष्टा वेस्टल्याण्ड १३९ मोडलको हेलिकप्टर खरिद गरिएको थियो ।

राष्ट्रपति भण्डारीले पहिलो पटक हेलिकप्टर प्रयोग गरेर शीतल निवासदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुगेकी हुन् ।

हेलिकप्टरको प्रयोगबाट राष्ट्रपतिको सवारीका बेला सडक बन्द गर्नुपर्ने र हजारौले सडकमा फर्खेर बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।

राष्ट्रपति भण्डारी कार्तिक ३ गतेसम्म म्यान्मार को राजकीय भ्रमणको सिलसिलामा त्यसतर्फ प्रस्थान गरेकी छिन् ।

राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री खड्गप्रसाद ओली, मन्त्रीहरू, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेका थिए ।

राष्ट्रपति भण्डारी आगामी कार्तिक ६ गते बुधबार बेलुका स्वदेश फर्कने कार्यक्रम छ ।

Published : Wednesday, 2019 October 16, 11:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया