एनआरएनएमा कम्युनिस्टको दुईतिहाइको दम्भ तोडिदै, कांग्रेसका आचार्यले लिए नेतृत्व

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वका लागि लोकतान्त्रिक र प्रगतिशील समूहका अलग अलग प्यानल प्रतिस्पर्धामा उत्रिएका छन् ।

लोकतान्त्रिक र प्रगतिशील समूह भनेर घोषणा नगरिए पनि ती दुई समूह प्रत्यक्ष रुपमा विचारधाराका रुपमा विभिन्न देखिएका छन् । लोकतान्त्रिक समूहको नेतृत्व कुल आचार्यले गरेका छन् भने प्रगतिशील समूहको नेतृतव कुमार पन्तले गरेका छन् ।

कुमार पन्तलाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को समर्थन छ । कुल आचार्यलाई नेपाली कांग्रेस र लोकतन्त्रप्रति आस्था राख्नेहरूले साथ दिएका छन् ।

मंगलबार काठमाडौंको हायात होटलमा निर्वाचन हुँदैछ । संघको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि ४२ जना पदाधिकारीको निर्वाचन हुन लागेको हो ।

गैर आवासीय नेपाली संघ ८१ मुलुकमा फैलिएको दावी गरिए पनि ४९ देशबाट आएका झण्डै २६ सय प्रतिनिधिले नयाँ नेतृत्व चयनका लागि मतदानमा भाग लिँदैछन् ।

साँझ ५ बजे देखि राति १० सम्म एनआरएनए महाधिवेशन प्रतिनिधिहरूले विद्युतीय मतदान गर्नेछन् ।

मतदान सम्पन्न भएको एक घण्टाभित्रमा नै मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ । विद्युतीय मतदान भएकाले मंगलबार राति नै सम्पूर्ण नजिता आइपुग्नेछ ।

जर्मनी निवासी कुमार पन्तले प्रगतिशील समूहबाट अध्यक्षको दाबी गरेका छन् । उनलाई नेपाली कांग्रेस निकटका केही भगौडा प्रतिनिधिहरूले खुला रुपमा साथ दिएका छन् ।

पन्त समूहबाट ५ उपाध्यक्षमा डा. बद्री केसी (रसिया), हिक्मत थापा (अफ्रिका), सोनाम लामा (अमेरिका), अर्जुनकुमार श्रेष्ठ (बेल्जियम) र धर्मराज अधिकारी (अष्ट्रेलिया) छन् ।

पन्त समूहले महासचिवमा बेलायत निवासी प्राध्यापक डा. हेमराज शर्मालाई अघि सारेको छ । सचिवमा अमेरिका निवासी गौरी जोशीबारे निर्णय गरेको भए पनि शिवकुमार बरुवाल (बेल्जियम) र मध्यपूर्वका राजेन्द्र कुमार शर्मा (आरके) मध्ये एकलाई उतार्ने प्रयास भइरहेको बताइन्छ ।

पन्त समूहबाट कोषाध्यक्षमा जापानका महेशकुमार श्रेष्ठले उमेद्वारी घोषणा गरेका छन् । पन्त समूहबाट सह–कोषाध्यक्षमा लोकप्रसाद दाहाल (बेल्जियम), गोबिन्दप्रसाद गौतम (रसिया) र एसी शेर्पा (अमेरिका) ले दाबी गरेका छन् । तर, अन्तिम समयमा आएर दाहाल वा गौतममध्ये एकलाई अघि बढाउने निर्णयमा पुगेको पन्त निकटस्थको भनाइ छ ।

बेलायत निवासी व्यवसायी कुल आचार्य आफ्नो टिमसहित चुनावी मैदानमा उत्रिएका छन् । आचार्यले निर्वाचनको माहोललाई ह्वात्तै तताएका छन् ।

प्रजातान्त्रिक विचारधारका आचार्यको समूहलाई कांग्रेस निकटका रुपमा हेरिएको छ । विदेशस्थित नेपाली जनसम्पर्क समिति सम्वद्व एनआरएन प्रतिनिधिहरु आचार्यलाई जिताउन एकतावद्व बनेका छन् ।

आचार्यको समूहबाट पाँच उपाध्यक्षमा डा. केशव पौडेल (अमेरिका), मन केसी (अष्ट्रेलिया), नरेन्द्र भाट (मध्यपूर्व) र रबिना थापा (अमेरिका) लाई अगाडि सारिएको छ ।

आचार्य समूहबाट महासचिवमा बेल्जियम निवासी व्यवसायी जानकी गुरुङलाई अघि सारेका छन् । गुरुङ एनआरएनएकी वर्तमान सचिव हुन् ।

वर्तमान सहकोषाध्यक्ष सोम सापकोटाले आचार्य समूहबाट कोषाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । अन्य पदका उम्मेदवारहरुलाई भने आफूलाई सघाउने शर्तमा आन्तरिक सहमति भएको आचार्य निकटस्थ स्रोतको दाबी छ ।

Published : Wednesday, 2019 October 16, 11:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया