एनआरएनए अध्यक्षका उम्मेदवार पन्त प्रहरीको निगरानीमा, मानव तस्करसँग कनेक्सन

काठमाडौं । गैरअवासाीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदका उम्मेदवार कुमार पन्तलाई जर्मन प्रहरीले निगरानीमा राखेको खुलासा भएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को समर्थनमा एनआरएनएमा अध्यक्षमा उम्मेदवार बनेका पन्तलाई जनर्मन प्रहरीले कर छली र मानव तस्करीको आरोपमा निगरानी राखेको उच्च स्रोतले जनाएको छ । कर छली र मानव तस्करीको अभियोगमा पन्त कुनै पनि बेला पक्राउ पर्न सक्ने जनाइएको छ ।

गैरआवासीय नेपाली संघका आइसीसी सदस्य छत्र श्रेष्ठलाई जर्मन प्रहरीले पक्राउ गरी अनुसन्धान शुरू गरेको छ । श्रेष्ठको बयानपछि कुमार पन्तमाथी जर्मन प्रहरीले निगरानी बढाएको जनाइएको छ ।

श्रेष्ठले एनआरएनएका केही उच्च अधिकारीको मिलेमतोतमा करीब एक हजार नेपालीलाई गैरकानूनी रुपमा जर्मन, स्पेन, पोर्तुगल, इटाली लगायतका युरोपियन मुलुकका पुर्‍याएको अभियागमा जर्मन प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको थियो ।

जर्मन प्रहरी अनुसन्धानका क्रममा श्रेष्ठ र पन्तबीच कनेक्सन देखेपछि पन्तलाई निगरानीमा राखेको जनाइएको छ ।

पन्तले जर्मनी तलायत युरोपका विभिन्न स्थानमा होटल व्यवसाय सन्चालन गर्दै आएका छन् । पन्तले मोरोक्कोइन महिलासंग नक्कली विवाह गरी जर्मनको स्थायी बासिन्दा बनेका थिए ।

सत्तारुढ नेकपा निकटका पन्त समूहको पराजय हुने निश्चित जस्तै भएपछि उनी निकटका १२ जना प्रतिनिधिहरूले सम्मेलन र निर्वाचन भाँड्न सोमबारदेखि विभिन्न हत्कण्डा अपनाइ रहेका छन् ।

जर्मनीकाे फ्राङफर्टमा पन्तकाे होटेलकाे व्यवसाय छ । एभरेष्ट होटलका सञ्चालक समेत रहेका पन्तले होटल व्यवसायबाटै अकुत सम्पति कमाइसकेका छन् ।

पन्तले सञ्चालन गरेको होटल व्यवसाय समेत ट्याक्स छलीको कारण कुनै बेला फस्न सक्ने बताइएको छ ।

पन्तले नेपालमा अहिलेसम्म कुनै पनि सामाजिक कार्यमा सहयोग नगरेको आरोप छ । जर्मनीमा बसेका नेपाली विद्यार्थी र नेपालीहरूलाई पन्तले सहयोग नगरेको आरोप पनि छ ।

मानव तस्कर श्रेष्ठसँगको कनेक्सन र कर छलीका विषयमा पन्तसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।

Published : Tuesday, 2019 October 15, 4:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया