एनआरएनएमा पनि ‘अरिँगाल’ आतंक, कुटपिटमा उत्रिए पन्त

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अन्तर्राष्ट्रिय महाधिवेशनका अध्यक्ष पदका उम्मेदवार कुमार पन्त र उनका सहयोगी भनिने राम जीबी पन्तले दादागिरि देखाएका छन् ।

नेपाली कांग्रेस निकटको जनसम्पर्क समितिका सभापति शिखर खड्कालाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका कुमार पन्त र उनका सहयोगी राम जीबी पन्तले हातपात गरेका हुन् । कुमार पन्तले नेकपाको समर्थनमा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।

चुनावी माहोल नजिकै गर्दा नामावली दर्ता गर्ने काम भैरहँदा कुमार पन्तले ‘त यहाँ बडी हुन्छस्, तलाई ठीक परदिउँ’ भनि हातपात गरेको पीष्ति खड्काले बताएका छन् ।

पीडित खड्काले भनेका छन्, ‘मैले आफ्नै काम गरिरहेको थिए । उहा एक्कासि आएर त जर्मन बस्ने र मेरो सपोर्ट नगर्ने भनि हातपात गर्नु भयो ।’

‘म आफ्नो ज्यान जोगाना भाग्दै साथीहरू समक्ष पुगे’, उनले भनेका छन्, ‘कुमार पन्तले तँ अहिले नेपालमा छस् म जेपनि गर्न सक्छु धम्की दिनुभएको छ ।’

अध्यक्षका उम्मेदवार कुमार पन्तले धम्की दिएर बाहिर निस्किएको खड्काले बताएका छन् ।

गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशन असोज महिनाको २८ गतेदेखि ३० गतेसम्म हुँदै छ ।

यस पटकको चुनावमा अध्यक्ष पदको लागि दुई उम्मेदवार कुल आचार्य र कुमार पन्तले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

Published : Monday, 2019 October 14, 11:40 pm

Comments are closed.

फेसबुकबाट तपाईको प्रतिक्रिया