सीता एयरको जहाजमा चरा छिर्‍यो, ठूलो दुर्घटनाबाट जोगियो

काठमाडौं । रामेछाप जिल्लास्थित मन्थली विमानस्थलमा सीता एयर जहाजको इन्जिनमा चरा छिरेको छ ।

चरा छिरेपछि विमानलाई आकस्मिक अवतरण गरिएको छ । शनिबार बिहान ९ बजे मन्थली विमानस्थलबाट सोलुखुम्बुस्थित लुक्ला विमानस्थलका लागि उडेको जहाज मन्थलीमा आकस्मिक अवतरण गरिएको हो ।

मन्थलीबाट उड्नेबित्तिकै जहाजको इन्जिनमा चरा छिरेपछि आकस्मिक अवतरण गरिएको रामेछापका डिएसपी सन्तोषकुमार भट्टराईले जानकारी दिएका छन् ।

जहाजमा १३ यात्रु र ३ कर्मचारी सवार थिए । जहाजभित्रका सबै सकुशल रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

Published : Saturday, 2019 October 12, 12:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया