दुबईमा सडक दुर्घटना, छ नेपालीको ज्यान गयो

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा सडक दुर्घटनामा परी सोमबार बिहान ६ जना नेपालीसहित ८ जनाको ज्यान गएको छ ।

दुर्घटना परी अन्य ६ जना घाइते छन् । घाइतेहरू भने नेपाली नागरिक होइनन् ।

दुबईको मोहम्मद विन जायद सडकमा नेपाली कामदारलाई बोकेको माइक्रो बस लरी ट्रकमा गएर ठोकिदा ज्यान गएको हो । दुर्घटना सोमबार बिहान ०४:५४ मा भएको थियो ।

नेपाली दूतावासका अनुसार मृत्यु हुने नेपाली कामदारको नाम खुलेको पनि ठेगाना खुलिसकेको छैन ।

मृत्यु हुनेमा दीपक बिक, नयराम साउद, नारायाणप्रसाद पोखरेल, कृष्णबहादुर पुन, दानबहादुर सत्याल र रमेश चौधरी रहेका छन् ।

ती नेपाली सबै सुरक्षागार्ड हुन् । उनीहरू फस्ट सेक्युरेटी कम्पनीमा काम गर्थे ।

कामदारलाई मरर्दिफ सिटी सेन्टरबाट सारजाहातर्फ जाँदै गरेको अवस्थामा दुर्घटना भएको थियो । उनीहरूलाई डिउटीका लागि कार्यस्थल लगिदै थियो ।

दुबई प्रहरी ट्राफिक विभागका निर्देशक सैफ मुहहैर अल मजरोयुईका अनुसार माइक्रो बसमा १३ जना सवार थिए ।

मृतकको शवलाई रसिद अस्पतालबाट शव गृहमा सारिएको छ ।

Published : Monday, 2019 September 30, 11:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया