संविधानले दिएकाे अधिकार उल्लंघन गर्ने कार्य कांग्रेसलाई स्वीकार्य छैनः खाँण

महेन्द्रनगर । नेपाली कांग्रेसका प्रमुख सचेतक एवम् केन्द्रीय सदस्य बालकृष्ण खाँणले दुईतिहाइको बलियो कम्युनिस्ट सरकार हरेक क्षेत्रमा असफल बन्दै गएको भन्दै सरकारकै कारण जनताले दिन प्रतिदिन समस्या भोग्नु परेको बताएका छन् ।

धनुषा जिल्लाको क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघ, महेन्द्रनगरको प्रथम दशैँ बजार उद्घाटन कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै खाँणले सरकारले हरेक क्षेत्रलाई अस्तव्यस्त बनाएको बताए । जनतालाई राहतभन्दा पनि अहत

उनले निजी क्षेत्रलाई पनि सरकारले तर्साउन खालका गतिविधि गरेको भन्दै आक्रोश पोखे ।

संविधानले दिएको अधिकारलाई वर्तमान सरकारले कुण्ठित गरेको भन्दै पूर्वमन्त्री समेत रहेका खाँणले भने, ‘चितवन घटनाबाट धेरै ठूलो आशंका उत्पन्न भएको छ । संविधानले सबै नागरिकलाई शान्तिपूर्ण गतिविधि गर्ने अधिकार दिएको छ । अभिव्यक्ति स्वतन्त्रता दिएको छ ।’

ज्ञानेन्द्र शाहीलाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताबाट भएको आक्रमणप्रति संकेत गर्दै नेपाली कांग्रेसका नेता खाँणले अधिनायकवादको झल्को दिन खोजेको बताए ।

प्रमुख सचेतक खाँणले संविधान उल्लघंन गर्ने कार्य नेपाली कांग्रेसलाई कदापि स्वीकार्य नहुने बताए । उनले संविधानलाई गलत रुपमा व्याख्या गरेर सरकारले विधेयकहरू धमाधम ल्याएर बहुमतको बलमा पेलेर जान खोजेको उल्लेख गरे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवले कम्युनिस्ट सरकारबाट जनता दिक्क भएको बताए । उनले महँगी, भ्रष्टाचार बढेको भन्दै चिन्ता जनाए ।

नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले संविधानले दिएको अधिकारमा कुण्ठित गर्न नहुने बताए ।

उनले दुईतिहाइको कम्युनिस्ट सरकारले संविधानलाई पालना गर्नेभन्दा पनि उल्लंघन गर्ने कार्य गर्दै आएको भन्दै आक्रोश पोखे । उनले कम्युनिस्ट सरकारलाई सुध्रिन चेतावनी दिएका छन् ।

Published : Sunday, 2019 September 29, 7:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया