कांग्रेसका नेताहरूलाई बाजुराका गाउँमा भव्य स्वागत

बाजुरा । नेपाली कांग्रेस बाजुराले दोस्रो चरणको हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियानको कार्यक्रमलाई भव्यताका साथ चलाएको छ ।

स्वामीकार्तिक खापर गाउँपालिका अन्तरगत भएको जागरण कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो । उनीहरूले गाउँमा आएका कांग्रेसका नेताहरूको स्वागत गरेका थिए ।

गाउँमा नेपाली कांग्रेसका नेताहरूलाई देखेपछि नयाँ उत्साह देखिएको थियो ।

गाउँका कार्यकर्ताहरूले बेला बेला गाउँ केन्द्रित कार्यक्रम गरे जनताको समस्या पूरा गर्न उनीहरूले माग गरेका थिए । निर्वाचनका बेला मात्रै गाउँमा आएर भोट माग्ने परम्पराको अन्त्य गर्नुपर्ने उनीहरूले सुझाव दिए ।

गाउँका समस्यालाई नेकपाका जनप्रतिनिधिहरूले सुनुवाइ नगरेको गुनासो गाउँका स्थानीय कार्यकर्ताले गरेका थिए ।

 

Published : Wednesday, 2019 September 18, 12:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया