नवराज सिलावलका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश, ललितपुर नेकपाभित्र खैलाबैला

ललितपुर । नेपाली कांग्रेस दोस्रो चरणको हिमाल, पहाड तराई–मधेस जागरण आभियनअन्तरगत ललितपुर जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका छन् ।

राष्ट्रिय जागरण अभियानका क्रममा ललितपुरको क्षेत्र नम्बर १ को प्रदेश सभा ‘ख’को बागमती गाउँपालिकाको वडा नम्बर ३ भट्टेडाँडामा शनिबार आयोजित कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणाले नेकपा नेता तथा कार्यकर्तालाई पार्टीमा भित्र्याएका हुन् ।

स्थानीय तहको निर्वाचनमा नेकपाबाट महिला सदस्यमा उम्मेदवारसहित २० जान नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

यो निर्वाचन क्षेत्रबाट तत्कालीन एमालेबाट नवराज सिलावल विजयी भएका थिए । सिलवालले केही काम गर्न नसकेको भन्दै नेकपाका स्थानीय नेता तथा कार्यकर्ताहरू बितृष्णासहित पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

पूर्वसांसद समेत रहेका नेपाली कांग्रेसका युवा नेता राणाले कम्युनिस्टहरूको अधिनायकवादबाट नेकपाकै कार्यकर्ताहरू आजित बनेको बताएका छन् ।

‘कम्युनिस्टहरूको निरंकुशता र अधिनायकवादबाट नेकपाकै नेता तथा कार्यकर्ताहरू आजित बनेका छन्’, उनले भने, ‘राष्ट्रिय जागरण अभियानबाट नेपाली कांग्रेसले अब देश बचाउनेछ ।’  

Published : Sunday, 2019 September 15, 12:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया