संसदीय समितिमा देउवाद्वारा हेरफेर

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा अन्तर्गत रहेको समितिमा प्रतिनिधित्व गर्ने सांसदहरू हेरफेर गरेको छ ।

सभापति शेरबहादुर देउवा विकास तथा प्रविधि समिति छाडेर कानून, न्याय तथा मानवअधिकार समितिमा गएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा उपसभामुख शिवमाया तुम्बाहाम्फेले सांसदहरूको समिति हेरफेर भएको घोषणा गरेकी हुन् ।

प्रतिनिधिसभा नियमावली २०७५ को नियम १७२ बमोजिम गठित प्रतिनिधिसभा अन्तर्गतका समितिमा सांसदहरूको नाम हेरफेर गर्न सभाको सहमतिका लागि उनले प्रस्ताव गरेकी थिइन् ।

कानून न्याय तथा मानव अधिकार समितिबाट कांग्रेसकै सांसद सञ्जयकुमार गौतम भने विकास तथा प्रविधि समितिमा पुगेका छन् ।

सांसद महेन्द्रकुमारी लिम्बू कानून न्याय तथा मानवअधिकार समितिबाट महिला तथा सामाजिक समितिमा पुगेकी छिन् ।

सांसद कर्मा घले महिला तथा सामाजिक समितिबाट कानून न्याय तथा मानवअधिकार समितिमा पुगेका छन् ।

सांसद स्मृतिनारायण चौधरी कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिबाट कानून, न्याय तथा मानवअधिकार समिति, सांसद देवप्रसाद तिमिल्सिना कानून न्याय तथा मानवअधिकार समितिबाट कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा लगिएका छन् ।

Published : Sunday, 2019 September 8, 10:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया