कांग्रेसको शानदार जितले देशभरि उत्साह बढायो, कम्युनिस्टहरू निरास

दमक । प्रधानमन्त्री खड्गप्रसाद ओलीको गृहजिल्लामा नेपाली कांग्रेसले उद्योग वाणिज्य संघ दमकमा सानदार जित हासिल गरेको छ ।

ओली सरकारका अर्थमन्त्री डा.युवराज खतिवडाको गृहनगर दमकमा नेपाली कांग्रेस निकटका व्यवसायीहरूले उद्योग वाणिज्य संघको निर्वाचन आफ्नो पक्षमा बनाएका हुन् ।

कांग्रेसले उद्योग वाणिज्य संघ दमकमा जितेपछि प्रधानमन्त्री ओली र अर्थमन्त्री डा.खतिवडालाई झट्का लागेको छ ।

आइतबार बिहान सम्पन्न मतगणना अनुसार उद्योग वाणिज्य संघ दमकको अध्यक्षमा नेपाली कांग्रेस निकटका गोकुल श्रेष्ठ विजयी बनेका छन् । श्रेष्ठले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका विमल खतिवडालाई हराइदिएका छन् ।

कांग्रेस निकटका श्रेष्ठसँग नेकपा निकटका खतिवडा ४ सय ९५ मतको फराकिलो अन्तरले पराजित भएका हुन् ।

श्रेष्ठले १ हजार ४ सय ११ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी खतिवडाले ९ सय १६ मत मात्रै प्राप्त गरेका थिए ।

वरिष्ठ उपाध्यक्षमा भने नेकपा निकटका देवीप्रसाद गुरागाइँ विजयी भएका छन् । गुरागाइँले १ हजार २ सय ७६ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी सहदेव आचार्यले १ हजार १४ मत प्राप्त गरेका थिए ।

प्रथम उपाध्यक्षमा लोकतान्त्रिक समूहका राजु खड्का १२०९ मत प्राप्त गरी विजयी भएका छन् । प्रगतिशीलका युवराज घिमिरेले १०७३ मत प्राप्त गरेर पराजित भएका छन् ।

द्वितीय उपाध्यक्षमा लोकतान्त्रिकका राजकुमार योङया १०५२ मत प्राप्त गर्दै विजयी बनेका छन् ।

प्रगतिशीलका घनश्याम खनालले ९०६ मत र स्वतन्त्र उम्मेद्वार टीकाराम प्रसाइँले ३५५ मत प्राप्त गरेका थिए ।

तृतीय उपाध्यक्षमा लोकतान्त्रिक समूहकी रमा लिम्बु १२०२ मत प्राप्त गर्दै विजयी बनिन् । प्रगतिशीलका ज्ञाननाथ पौडेलले १०६१ मत प्राप्त गरेर पराजित बनेका छन् ।

खुल्ला सदस्यमा लोकतान्त्रिक समूहबाट तीन जना र प्रगतिशील समूहबाट तीन जना विजयी भएका छन् ।

लोकतान्त्रिक समूहबाट चन्द्र खत्री (१२९४), तुलसीराम तिम्सिना(११८७) र नवीनकुमार अग्रवाल(१२०३) विजयी भएका छन् ।

प्रगतिशील समूहबाट भरतकुमार चम्लागाइँ (१२२२), राजकुमार थापा (११०५) र असिम राई (१०८३) विजयी बनेका छन् ।

खुल्ला सदस्यमा पदम न्यौपाने (१००१), रुद्र दाहाल (९३०), संजित रौनियार (८३६), सुवासचन्द्र गड्तौला (९०१), सुमन काफ्ले (९३४) र सुरज लिम्बु (८९०) मत प्राप्त गरेका थिए ।

बस्तुगततर्फ लोकतान्त्रिक समूहबाट दुई जना र प्रगतिशीलबाट तीन जना विजयी भएका छन् ।

लोकतान्त्रिक समूहबाट मोहन ढकालले १३१६ र रुबल अधिकारीले ११९४ मत ल्याएर विजयी बनेका छन् ।

प्रगतिशील समूहकी गायत्री पौडेल १२९६, राजेश अधिकारी ११६३ र दिनेश सुवेदी ११८४ मत प्राप्त गरी विजयी बनेका छन् ।

बस्तुगततर्फ तिलक डाँगी ७७४, प्रकाश नेपाल ८९८, भेनष श्रेष्ठ ११४८, राधाकृष्ण आचार्य ८७० रिंगकुमार आचार्य ११४४ मत प्राप्त गरेका थिए ।

लेखा समिति संयोजकमा प्रगतिशील समूहका खोम बगाले थापा विजयी बनेका छन् । उनले १२२३ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समूहका पारसमणि आचार्यले १०५९ मत प्राप्त गरेका थिए ।

सदस्यमा प्रगतिशील समूहबाट मीन मगर (११०९) र लोकतान्त्रिक समूहबाट कृष्णराज दाहाल (१३२४) विजयी बनेका छन् ।

लेखा समितिको सदस्यका उम्मेद्वार दीपेन्द्र तिवारीले १०१२ मत र लालबहादुर श्रेष्ठले ९७३ मत प्राप्त गरेका थिए ।

महिला सदस्यमा लोकतान्त्रिक समूहकी सुष्मा निरौला (११३६) र प्रगतिशीलकी बिन्दु सिटौला (९७९) विजयी बनिन् ।

महिला सदस्यमा दिलकुमारी सुब्बाले ९२३, चन्द्रमायाँ निरौलाले ९०७ मत स्वतन्त्र उम्मेदवार कविता अधिकारी पौडेलले ५५० मत प्राप्त गरिन् ।

कुल २६८० मतदातामध्ये शुक्रबार भएको मतदानमा २३६० मत खसेको थियो ।

संघको २१ पदको निर्वाचनको लागि ४४ जना उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका थिए ।

Published : Sunday, 2019 September 8, 7:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया