भीम रावलका प्रभावशाली नेता कांग्रेसमा प्रवेश

काठमाडौं । अछाम जिल्लाका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा आछमको रामारोशन गाउँपालिकाका ७ जना नेकपाका नेता तथा कायकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेस प्रवेश गर्नेहरूमा मानबहादुर साउद, जयप्रकाश साउद, ताराबहादुर साउद, शक्ति साउद, नरेश साउद, दुर्गाबहादुर साउद र तपेन्द्र साउद रहेका छन् ।

मानबहादुर साउद नेकपाका प्रभावशाली जिल्ला नेता हुन् । पार्टी प्रवेशपछि मानबहादुर साउदले नेकपाको विकृत रुप देखिन थालेकाले नेपाली कांग्रेसमा प्रवेश गरेको बताएका छन् ।

‘नेपाली कांग्रेसमा म प्रवेश गर्ने थाहा पाएपछि नेकपाका नेता भीम रावलले केही मान्छे मेरो घरमा पठाएका थिए’, साउदले भने, ‘मलाई पनि फोन गरेर निकै आश्वासन दिएका थिए ।’

‘तपाईलाई के पीडा भएको छ भन्नु भएको थियो । मैलाई कुनै पीडा छैन भने’, उनले भने, ‘नेकपाका कारण नेपाली जनताले पीडा पाएका छन् । त्यसतै म कांग्रेसमा प्रवेश गर्दैछु भन्ने जवाफ दिएँ ।’

साउदलाई नेपाली कांग्रेस अछामले जिल्ला कार्यसमिति सदस्यमा नियुक्त गरेको छ ।

Published : Sunday, 2019 September 8, 9:11 am

फेसबुकबाट तपाईको प्रतिक्रिया