प्रमुख जिल्ला अधिकारी र ठूला हाकिमहरूको सरुवा

काठमाडौं । सहसचिव (प्रमुख जिल्ला अधिकारी), उपसचिव सहायक प्रमुख जिल्ला अधिकारी तथा विभागीय प्रमुखहरूको गृह मन्त्रालयले सरुवा गरेको छ ।

काठमाडौंमा जनकराज दाहालको सरुवा भएको छ । काठमाडौंका सिडिओ रामप्रसाद आचार्यलाई गृह मन्त्रालयमा तानिएको स्राेतले जनाए छ ।

ललितपुरको सिडिओमा भगिरथ पाण्डेलाई सरुवा गरिएको छ । प्रेमराज जोशीलाई मकवानपुरमा पठाइएको स्रोतले जनाएको छ ।

दीर्घनरायण पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालय प्रमुखमा सरुवा गरिएको छ । नख्खु कारागारमा सुरेन्द्र पौडेलको सरुवा भएको छ ।

सुनसरीमा राजेश पौडेल, बारामा फडिन्द्रमणि पोखरेल, झापामा उदयबहादुर राना, इलाममा सीताराम कार्की, धादिङमा आशमान तामाङ, सुर्खेतमा वसन्त अधिकारी, बाँकेमा कुमारबहादुर खड्का, मुस्ताङमा वेदप्रसाद अर्याल, जाजरकोटमा जनकराज पन्त, रुकुमपूर्व मोहनप्रसाद अर्याल, बझाङमा उमेश पाण्डे, पाल्पामा उमेश ढकालको सरुवा भएको छ ।

डा.कृष्णबहादुर घिमिरे धनकुटा, सुनिल खनाल सप्तरी, सूर्यबहादुर खत्री महोत्तरी र श्रवणकुमार तिमल्सिनालाई काभ्रेको कायममुकायम सिडिओको जिम्मेवारी दिइएको स्रोतले जनाएको छ ।

Published : Thursday, 2019 August 29, 7:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया