रविलाई राहत हुने गरी सुशीला कार्कीले दिइन कानूनी तर्क

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले रवि लामिछाने खराब मानिस नरहेको बताएकी छिन् ।

खबरवाणी नामक युट्युव च्यानलसँगको कुराकानीका क्रममा कार्कीले न्यायालय कसैको प्रभावमा नपर्ने बताएकी छिन् । ‘रवि लामिछाने खराब मानिस होइन जस्तो लाग्छ’, उनले भनिन्, ‘रविले यति ठूलो अभियान चलाउँदा एउटा मान्छेलाई यसो गर्छन् जस्तो लाग्दैन ।’

कार्कीले भनेकी छिन्, ‘निर्दोष व्यक्तिले सफाइ पाउनुपर्छ । मुद्धा चलिहाल्यो । अदालतमा गइसकेपछि मुद्धा चल्छ । उनले सफाइ पाउँछन् । मलाई विश्वास लाग्छ ।’

रवि लामिछानेका विषयमा वरिष्ठ अधिवक्ता शुम्भु थापाले दिएको अभिव्यक्ति उचित रहेको पूर्वप्रधानन्यायाधीश कार्कीले बताइन् ।

सरकारले मुद्धा चलाएको कुरा जनताले मन नपाराएको कार्कीले बताइन् । ‘उनले भ्रष्टाचार र जनताको विरुद्धमा एउटा इमेज बनाएका छन् । स्वस्फुर्त रुपमा जनता सडकमा आएको हो’, कार्कीले भनिन्, ‘उहाँले न्याया पाउनु हुन्छ ।’

कार्कीले मुद्धाका विषयमा सडक तताउन नहुने बताइन् । रवि लामिछानेले न्यायालयबाट न्याय पाउने उनको भनाइ छ ।

राज्यले जनतालाई बोल्न दमन गर्‍यो भने सरकार नटिक्ने उनले बताएकी छिन् । न्यायालयमा एक–दुई जना दवावमा पर्नेहरू भएपनि न्यायाधीशहरू निष्पक्ष भएर न्याय दिने पूर्वप्रधानन्यायाधीश कार्कीले बताइन् ।

उनले रवि लामिछाने मात्रै नभइ यस्ता मुद्धाका प्रकृतिलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतले पनि हेर्ने गरेको भन्दै न्यायालयमाथि अविश्वास गर्न नहुने बताइन् ।

‘न्यायामाथि मलाई विश्वास छ । न्यायाधीशहरूमाथि विश्वास छ’, उनले भनिन्, ‘कोही–कोही न्यायाधीश पार्टी र नेतासँग डराउने होलान् । सबै न्यायाधीश त्यस्तो छैनन् ।’

Published : Friday, 2019 August 23, 12:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया