सबै सुतेका बेला राति भोटेकोशीमा ठूलो बाढी

नुवाकोट । वर्षाका कारण भोटेकोशी नदीमा आइतबार राति बाढी आएको जिल्ला प्रशासन कार्यालय रसुवाले जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालय रसुवाले नदी आसपासका सर्वसाधारणलाई सर्तक रहन अपील गरेको छ । साथै सुरक्षाकर्मीलाई उच्च सर्तकताका साथ तैनाथ गरिएको छ ।

रसुवागढी र टिमुरेबाट भोटेकोशी नदी बढेर आएको छ । त्रिशुली खोलो बढ्न सक्ने खबर आएको हुँदा पहिरेबेशी, मैलुम र बेत्रावतीमा बसोबास गर्नेहरूलाई सचेत गराइएको छ ।

सम्बन्धित सबैलाई भोटेकोशीमा बाढी आएको र सर्तक रहन भनिएको छ । खाल्टेमा बस्ने विस्थापित बस्तीका सबैलाई सुरक्षित स्थानतर्फ जान हुन अनुरोध गरिएको छ ।

आइतबार राति सबै सुतेका बेला भोटेकोशी नदीमा बाढी आएपछि नदी आसपास बसोबास गर्नेहरूलाई चिन्ता बढाइदिएको छ ।

Published : Sunday, 2019 August 18, 10:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया