कश्मीर मुद्धामा कांग्रेसका युवा नेता शाहले दिए प्रतिक्रिया

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभाका सांसद अभिषेकप्रताप शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गर्दै कश्मीका विषयमा लिएको कदमको स्वागत गरेका छन् ।

युवा नेता शाहले कश्मीरलाई भारतले दिँदै आएको विशेषाधिकारको कटौती गरेर सबैलाई बराबरी अधिकार दिएकोमा खुसी व्यक्त गरेका हुन् ।

‘भारतको संविधानको धारा ३७० खारेज गरिएकोमा भारतीय सरकारको निर्णयको स्वागत योग्य छ’, सांसद शाहले फेसबुकमा स्टाटस लेखेर भनेका छन्, ‘मोदी सरकारको निर्णयबाट भारतीय जनतालाई बधाइ छ ।’

भारतको कदमलाई आफूले क्रान्तिकारी निर्णयका रुपमा लिएका उनले बताएका छन् ।

कश्मीलाई भारतले अलग संविधानसहितको विषाधिकार दिएको थियो । विशेषाधिकार पाएको कश्मीरका सीमित नेताहरूले हालिमुाली गर्दै आएका थिए । बाँकी जनताको जीवनस्तर माथि उठ्न सकेको थिएन ।

संविधानको धारा ३७० खारेज भएसँग अब कश्मीरमा विकासका साथै त्यहाँका जनताले सबै भारतीय सरह समान अधिकार पाउनेछन् ।

Published : Wednesday, 2019 August 14, 1:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया