कांग्रेसले आफ्ना प्रतिनिधिहरूलाई प्रशिक्षण दिने, पार्टी अनुशासित बन्ने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले महाधिवेशन प्रतिनिधिहरूका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

नेपाली कांग्रेसको प्रतिष्ठानले गण्डकी प्रदेश, ५ नम्बर प्रदेश र कर्णाली प्रदेशमा महाधिवेशन प्रतिनिधिहरूका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका सचिव मुक्ति आचार्यले पहिलो चरणअन्तरगत साउन ३१ देखि भदौ ६ सम्म तीन प्रदेशमा महाधिवेशन प्रतिनिधिहरूका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरिन लागेको जानकारी दिएका छन् ।

उनकाअनुसार साउन ३१ र ३२ गते कास्कीको पोखरामा गण्डकी प्रदेशस्तरीय, भदौ २ र ३ गते रुपन्देहीको भैरहवामा ५ नम्बर प्रदेशस्तरीय र भदौ ५ र ६ गते सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशस्तरीय प्रशिक्षण सञ्चालन हुन लागेको हो ।

प्रशिक्षणका लागि कांग्रेसको सांगठनिक संरचना, विधान र विशेषता, राजनीतिक, आर्थिक प्रस्ताव दृष्टिकोण, नेपाल कम्युनिष्ट पार्टीको सरकारको मूल्यांकन तथा जनतासंग सम्पर्क र संवाद जस्ता विषयहरू राखिएका सचिव आचार्यले बताए ।

प्रशिक्षणको मूल लक्ष्य कांग्रेसका सदस्यहरूलाई जनतासंग कसरी आत्मीय सम्पर्क राख्ने भन्ने रहेको उनले बताएका छन् ।

Published : Tuesday, 2019 August 13, 7:18 am

फेसबुकबाट तपाईको प्रतिक्रिया