तरुण दलका उपाध्यक्ष चापागाइँलाई युएईमा भोजपुर समाजद्वारा सम्मान

काठमाडौं । भोजपुर हतेमालो समाजले नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाइँ र नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभाका उम्मेदवार उमेश रायमाझीलाई सम्मान गरेको छ ।

सोमबार युएईमा आयोजित कार्यक्रममा समाजका पदाधिकारीहरूले भोजपुरको विकास र समृद्धिका लागि सक्रिय भएर लाग्न नेताद्वय चापागाइँ र रायमाझीलाई सुझाव दिएको थिए ।

समाजका पदाधिकारीहरूले भोजपुरको विकास र संमृद्धिका बारेमा चसो राखेको तरुण दलका उपाध्यक्ष चापागाइँले जानकारी दिए । समाजले भोजपुरको सान बढाउन पनि आग्रह गरेका छन् ।

नेपाल तरुण दलका उपाध्यक्ष चापागाइँले भोजपुरका केही मानिसलाई लोकतन्त्र आएपनि समग्र भोजपुर र भोजपुरे जनताले त्यस कुराको अनुभूति गर्न नपाएको बताए ।

‘म भोजपुर र भोजपुरे जनताको विकास तथा समृद्धिका लागि जुनसुकै कदम चाल्न तयार रहेको छु’, समाजका पदाधिकारीहरूसँग चापागाइँले भने, ‘तपाइँहरू जहा रहेपनि भोजपुरेले तपाईहरूकै साथ र आसा राखेको छ । मैले पनि सहयोगको अपेक्षा गरेको छु ।’

सो अवसरमा समाजका अध्यक्ष भीम थापा, सचिव दीपक थापा, क्षेत्रीय सचिव बसन्त कटवाल (दुबई) र केन्द्रीय सदस्य कविता केसीका साथै नेपाली कांग्रेस नेपाली जनसम्पर्क समिति यूएईका निवर्तमान सभापति एवम् नेता ज्ञानेन्द्र खत्रीको पनि उपस्थिति थियो ।

Published : Monday, 2019 August 12, 12:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया