दुबईमा कांग्रेसको जनसम्पर्क समितिको अधिवेशन सम्पन्न

दुबई । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति दुबईको अधिवेशन सम्पन्न भएको छ ।

दुबईमा शुक्रबार अधिवेशन सम्पन्न भएको हो । अधिवेशनमा नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य डा.शेखर कोइराला र नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाइँको सहभागिता रहेको थियो ।

नेताहरूले विदेशमा रहेर पनि नेपाली कांग्रेसप्रति माया र शुभेच्छा राखेको भन्दै खुसी व्यक्त गरेका थिए । उनीहरूले जहाँ बसेपनि कांग्रेसलाई सधैँ माया गरिरहनुपर्ने बताए ।

नेपाली कांग्रेसको नेपाली जनसंम्पर्क समिति युएईको चौथो महाधिवेशनबाट नयाँ कार्यसिमित चयन पनि भएकाे छ ।

कार्यक्रममा नेपाली कांग्रेसका नेताहरूलाइ स्वागत पनि गरिएकाे थियाे ।

 

Published : Saturday, 2019 August 10, 6:32 am

फेसबुकबाट तपाईको प्रतिक्रिया