तरुण दलले स्मरण गर्‍यो महिला नेताहरूलाई, योगदानको कदार गरिने

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले नेपाल महिला संघको स्थापना गर्दै नेपालको लोकतान्त्रिक आन्दोलनलाई आजको अवस्थासम्म ल्याई पु र्‍याउन महत्वपूर्ण योगदान र भूमिका निर्वाह गरेका महिला नेतृहरूलाई मस्रण गरेका छन् ।

बस्नेतले शुक्रबार विज्ञप्ति जारी गरेर श्रीमती मंगलादेवी सिंह, श्रीमती नोना कोइराला, सुश्री शैलजा आचार्य लगायत अन्य अग्रणीहरूलाई स्मरण गरेका हुन् ।

उनले भनेका छन्, ‘यस महत्वपूर्ण दिनमा हामिले यहाँ स्मरण गर्नै पर्दछ, महिला आन्दोलनलाई जीवन्त राखी समतामुलक समाज निर्माणको निम्ति अहोरात्र खट्नु हुने सबै आमा, दिदीबहिनी तथा महिला नेतृहरूमा महिला संघ स्थापना दिवसको हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछौँ ।’

‘नेपाली जनताहरूको सात दशकभन्दा लामो अथक संघर्षबाट प्राप्त लोकतान्त्रिक उपलब्धीलाई संस्थागत गरी देशले आर्थिक विकास र समृद्धिको बाटो लिई अगाडि बढ्नुको सट्टा दम्भका साथ गलत हर्कत गर्दै सरकार एकदलीय अधिनायकवादतर्फ उन्मुख देखिन्छ’, तरुण दलका अध्यक्ष बस्नेतले भनेका छन् ।

‘राणा, पञ्चायत र राजाको बिरूद्ध संघर्षशील महिला संघलाई यस दिनले सरकारका यस्ता गतिविधिका विरूद्धमा लड्न थप उर्जा प्राप्त गर्नेछ भन्ने विश्वासका साथ नेपाल तरूण दल संधै तपाईहरूको साथमा रहेको अनुरोध गर्दछौँ’, अध्यक्ष बस्नेतले भनेका छन् ।

Published : Friday, 2019 August 9, 5:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया