खचाखच भरिएकाे बस त्रिशूलीमा खस्याे, ३ यात्रुकाे मृत्यु, धेरै यात्रु हराए

धादिङ । सर्लाहीको मलंगवाबाट काठमाडौं जाँदै गरेको बस धादिङको बेनिघाट रोराङ –३ सलाङघाटस्थित त्रिशुली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा १४ जनाको उद्धार गरिएको छ । २३ अझै बेपत्ता छन् । ना ६ ख ७४६९ नम्बरको बस शुक्रबार बिहान साढे ३ बजेतिर त्रिशुली नदीमा खसेको प्रहरीले जानकारी दिएको छ ।

बसमा ४० जना यात्रुहरू रहेको प्रारम्भीक अध्ययनबाट पत्ता लागेको घटनास्थलमा उद्धार गर्न पुगेका पमुख जिल्ला अधिकारी भगीरथ पाण्डेयले बताएका छन् ।

बस आधा पानीमै डुबेको छ । अप्ठ्यारो स्थानमा दुर्घटना भएकोले सुरक्षा निकाय र स्थानीयवासीहरुको सहयोगमा ३ जनाको शव निकालिएको छ ।

चालकसहित १२ जनाको जीवितै उद्धार गरिएको प्रजिअ पाण्डेले बताएका छन् । मृतकहरूमध्ये २ जनाको मात्रै सनाखत भएको छ । सर्लाहीका ३५ वर्षीय अजय दास र विजयकुमारको मात्रै शव पहिचान भएको प्रहरीले जनाएको छ ।

उद्धार गरिएका घाइतेहरूलाई स्थानीय मलेखुस्थित सामुदायिक अस्पताल र गजुरी अस्पतालमा प्राथमिक उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बसमा सवार करीब २५ जनाको खोजीका लागि कुरिनटारस्थित सशस्त्र प्रहरीको गोताखोर टिम परिचालन गरिएको छ ।

उद्धार गरिएका सर्लाही हरिवनका बसचालक जीवन विकको अवस्था गम्भीर छ । बसका कण्डकटर ऋषि उप्रेती रसहचालकप्रमोद कुँवरको पनि उद्धार गरिएको छ ।

चालक विक बोल्न सक्ने अवस्थामा छैनन् । उप्रेती र कुँवर बोल्न सक्ने अवस्थामा भए पनि दुर्घटनाका कसरी भयो थाहा नभएको बताउँछन् ।

Published : Friday, 2019 August 9, 9:25 am

फेसबुकबाट तपाईको प्रतिक्रिया