कश्मीरमा रहेकाे भए यी दुई प्रधानमन्त्री हुने थिएनन्

नयाँदिल्ली । भारतको कश्मीर विवादलाई लिएर विश्व तरंगित हुन पुगेको छ । कश्मीरलाई भारतले दिएको विशेषाधिकार कटौती गरेपछि भारतमा मात्र नभई विश्व तरंगित बनेको हो ।

चीन र पाकिस्तानलाई भारतको निर्णय मन परेको छैन । अन्य शक्तिराष्ट्रहरूले भारतलाई नै साथ दिन संकेत गरेका छन् । किन भने चीन र पाकिस्तान बाहेकका अन्य शक्तिराष्ट्रहरूले कश्मीर घटनाका बारेमा नबोल्नुलाई समर्थनका रुपमा भारतीय पक्षको बुझाइ छ ।

नेपालले कश्मीरका विषयमा मुख खोलेको छैन । नेपालले यस विषयमा उपयुक्त समयमा धारणा राख्ने बताउँदै आएको छ ।

कश्मीरलाई दिइएको विशेषाधिकारका कारण त्यहाँका जनताले केन्द्र सरकारका साथै अन्य विविध सुविधाहरू पाउन नसकेको भारतीय मिडियाहरूले जनाएका छन् ।

विशेषाधिकारका कारण कश्मीमा यति धेरै भ्रष्टाचार र गरिवीले त्यहाँका जनता पिल्सिएका थिए कि कश्मीरले छ दशकसम्म राम्रोसँग आफ्नो पहिचान बनाउन नसकेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।

विशेषाधिकारकै कारण कश्मीरका जनताले ठूलो र राम्रा पदमा पुग्न नसकेको जनाइएको छ । अब कश्मीरका जनता पनि भारतको प्रधानमन्त्री र राष्ट्रपति सजिलै बन्न सक्ने जनाइएको छ ।

भारतका पूर्वप्रधानमन्त्रीद्वय इन्द्रकुमार गुजराल, डा.मनमोहन सिंह र भारतीय जनता पार्टीका वरिष्ठ नेता लालकृष्ण आडवाणी पाकिस्तानबाट भारत आएका थिए । पाकिस्तानबाट भारत आएका अधिकांश व्यक्तिहरू कश्मीर, जम्मु, घाटीतिर गएका थिए ।

तर, ईन्द्रकुमार गुजराल, डा.मनोमोहन सिंह, लालकृष्ण आडवाणीहरू कश्मीर गएनन् । सोही कारण उनीहरू भारतको प्रधानमन्त्रीदेखि उच्च पदहरूमा पुग्न सकेको भारतीय मिडियाका रिपोर्टहरूमा उल्लेख छ ।

कश्मीरको विशेषाधिकार कटौती भएपछि अब अन्य राज्यहरू सरह कश्मीरले पनि अधिकार पाउने र त्यहाँका जनताले सबै भारतीय सरहर अधिकार पाउने बताइएको छ ।

भारतीय मिडियाहरूले कश्मीरका सीमित नेता र व्यक्तिले विशेषाधिकारलाई दुरुपयोग गर्दा त्यहाँको विकास हुन नसकेको तथा जनता झन् गरिवीमा परेको जनाएका छन् ।

Published : Thursday, 2019 August 8, 5:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया