कुलमान घिसिङसँग प्रचण्ड र वर्षमान दिक्क

काठमाडौं । मुलुकबाट लोडसेडिङ अन्त्य गरेर राष्ट्रिय हिरो बनेका कुलमान घिसिङबाट माओवादी पृष्ठभूमि भएका नेताहरू नै आजित बनेका छन् ।

तत्कालीन मन्त्री जनार्दशन शर्माले घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी दिर्नेशक बनाएका थिए । अहिले उनै शर्मालाई घिसिङ घाँडो बनेका छन् ।

घिसिङलाई कार्यकारी निर्देशक पदबाट हटाउन शर्माले अहिले पनि जोडबल गरेका छन् । तर सकेका छैनन् । अहिलेका उर्जामन्त्री वर्षमान पुन पनि घिसिङलाई हटाउन चाहन्छन् ।

पुनले पनि घिसिङलाई हटाउन सकेका छैनन् । मिडिया, सर्वसाधारण, सामाजिक सञ्जाल सबैतिर घिसिङ छाएका छन् । उनलाई चलाउनेवित्तिकै सरकारविरुद्ध अर्कै खालको माहोल बन्छन् ।

घिसिङलाई हटाउन उर्जामन्त्री पुनले नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विन्ती चढाइ सकेका छन् । तर प्रचण्ड घिसिङलाई हटाएर उनीभन्दा असल मान्छेलाई ल्याउन खोजेका छन् । घिसिङले आफूविरुद्ध लागेको सूचना पाउनेवित्तिकै कुनै न कुनै फण्डा निकालिहाल्छन् । त्यति मात्रै होइन आफ्ना विरोधीको समाचार मिडियाबाट निकाल्छन् ।

लोडसेडिङ गरेर राष्ट्रिय हिरो बनेका घिसिङ पछिल्लो समयमा कमिशन र भ्रष्टाचारमा चुर्लुम्म बनेका छन् । घिसिङका कारण राम्रा कार्यक्रम र प्रोजेक्टहरू भारततिर गएका छन् ।

घिसिङले भारतको चाहनाअनुसार काम गर्ने गरेको उर्जामन्त्री पुनको आरोप छ । घिसिङले चीनको चाहनाअनुसार काम गर्न नचाहेको आरोप छ ।

उर्जामन्त्री पुनका एकजना सल्लाहकार चीनको लागि सिंहदरबारभित्र बसेर काम गर्दै आएको चर्चा छ । ती सल्लाहकारको दवावमा उर्जामन्त्री पुनले घिसिङलाई हटाएर आफू अनुकूलको काम गर्न खोजेको आरोप छ ।

घिसिङलाई हटाउनकै लागि प्रचण्डले आफू निकटका सांसद अमनलाल मोदीलाई प्रयोग गरेका थिए । तर, मोदीलाई पनि घिसिङले मात खुवाएका छन् । मोदीलाई तह लगाएपछि घिसिङको झन् मनोवल उच्च बनेको छ ।

अहिले घिसिङले हरेक प्रोजेक्टबाट आउने कमिशनलाई एक्लैले खाने गरेका छन् । उनको यो हर्कतबाट उर्जामन्त्री पुनको मन खौलिएको छ । मन्त्री पुनले जसरी पनि घिसिङलाई हटाएर आफ्नो मान्छेलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनाउन खोजेका छन् ।

Published : Thursday, 2019 August 8, 1:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया